बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बर्जु-१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मेहताको विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियो ।
...






























