भोजपुरको ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा
विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका स्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा परेको छ । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
परापूर्वकालमा उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा उक्त स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित ज...




























