
विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













