राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित भएका छन् । युवा संघको आज सम्पन्न नौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले देवीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । समितिको उपाध्यक्षमा सुवास तामाङ, सचिवमा सुरेश लिम्बू, उपसचिवमा राजेन्द्र थापा, नि...
कोशी प्रदेशमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइयो

कोशी प्रदेशमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइयो

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । आज विराटनगरमा बृहत् र्‍यालीसहित विभिन्न कार्यक्रम गर्दै बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो । सहिद रंगशालाबाट सुरु भएको र्‍याली हस्पिटलचोक, जलजला चोक, गोल्छा चोकहुँदै बोर्डको कार्यालयमा पुगेको थियो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजाला...
धनकुटाको जोरपाटीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटाको जोरपाटीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । छथर जोरपाटी गाँपालिका-३ करुन्नेका २८ वर्षीय रामकृष्ण लिम्बु एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । आज बिहान ९ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षक खड्ग गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बन्दुकमा बारुद पनि लोड गरिएको थियो । उनलाई जिल्ला प्र...
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति भएको छ । शनिबार राति अचानक भएको आगलागीबाट तीन घर जल्दा ११ करोड ६ लाख बराबरको क्षति भएको हो । स्थानीय अमर श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट श्रेष्ठको दुई तले घर र किराना पसल पूर्णरूपमा नष्ट हुँदा अर्को निर्माणाधीन पक्की घरको झ्याल, ढोका र वालमा पनि क्षति पुगेको छ । यस्तै नगद पाँच लाख पनि जलेर नष...
मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । चेकजाँच तथा लागूऔषधको अवैध कारोबारमा भइरहेको सूचनाका आधरमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भइ सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय  विजय साह, धरान-९ का २७ वर्षीय निरञ्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई र धरान-१७ का २६ वर्षीय निश्चल राई रहेका...
शिक्षक महासङ्घद्वारा थप आन्दोलनको घोषणा, सोमबारदेखि शैक्षिक हड्ताल

शिक्षक महासङ्घद्वारा थप आन्दोलनको घोषणा, सोमबारदेखि शैक्षिक हड्ताल

विराटनगर । नेपाल शिक्षक महासङ्घले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको महासङ्घले सोमबारदेखि शैक्षिक हड्ताल गर्ने जनाएको हो । महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको जनाएको छ । महासंघले माघ २० गतेदेखि आन्दोलन गरिरहेको र चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन भइरहेको जनाएको छ । ‘गुणस्तरीय व...
सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा आमाको मृत्यु, १८ महिने बालक घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा आमाको मृत्यु, १८ महिने बालक घाइते

विराटनगर । सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नाबालक घाइते भएका छन् । दुर्घटनामा परेर सोताङ-५ की ३२ वर्षीया सरिता राईको मृत्यु भएको हो भने उनको १८ महिने छोरा रेवन राई सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार सडकबाट करिब सय मिटर तल अड्किएकी उनलाई उद्धार गरेर उपचारका लागि सोताङ प्राथमिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जुकेस्थित...
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार नौ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन हजार नौ सय रुपैयाँले घटेर एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला ८० रुपैयाँले घटेर चाँदी एक ...
आज रामनवमी पर्व मनाईँदै

आज रामनवमी पर्व मनाईँदै

विराटनगर । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रामनवमी पर्वको महत्व रामजस्तै मर्...
आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने धनकुटाका पाँच जना सम्मानित

आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने धनकुटाका पाँच जना सम्मानित

धनकुटा । धनकुटामा आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने पाँच जना सम्मानित भएका छन् । धनकुटा नगरपालिकाका १२ एकल जातिहरूको सांस्कृतिक पहिचान सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा गेहेन्द्र किमदाहाङ, दुर्गा लिंखा, पासाङ शेर्पा, श्रीकृष्ण प्रधान र स्व. कुलबहादुर तितुङ रहेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा धनकुटा नगरपालिकाका मेयर च...
धनकुटाबाट गोरु काटेको आरोपमा एक जना पक्राउ

धनकुटाबाट गोरु काटेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । आज बिहान धनकुटा नगरपालिका-१ निगाले तामाङ टोलका ४३ वर्षीय राजेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा गोरु काटेर मासु बेच्दै गरेको सूचना प्रहरी पाएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनको घरमा टुक्रा पारिएको आलो मासु र खुकुरी, अचानो लगायतका सामग्री फेला परेको थ...
सप्तरीको नमोबुद्धले जित्यो भीमनारायण गोल्डकपको उपाधि

सप्तरीको नमोबुद्धले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि चुमेको हो । नमोबुद्धलाई उपाधि दिलाउन ट्राइबेकरमा सनम धिमाल, आयुष मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुवारले गोल गरे । गाईघाटका निश्चल मोक्तान, आकाश राई र प्र...
भीमनारायण गोल्डकप : उपाधिका लागि आज गाइघाट र नमोबुद्ध भिड्दै

भीमनारायण गोल्डकप : उपाधिका लागि आज गाइघाट र नमोबुद्ध भिड्दै

धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधिका लागि उदयपुरको गाइघाट फुटबल क्लब र नमोबुद्ध क्लब सप्तरी आमनेसामने हुँदैछन् । धनकुटाको तल्लो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । गाइघाटले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने बिर्तामोड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै ...
मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको हो । दुर्घटनामा रतुवामाई-१ कल्याणपुर का ४२ वर्षीय सोम टुडु र उनकी पत्नी ३५ वर्षीय वामनी हेमरम घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा रङ्गेली ...
भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक

भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक

धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै गाइघाट फाइनल प्रवेश गरेको हो । खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै एपीएफका युवराज खड्काले गोल गरेर टिमको खाता खोले । मध्यान्तरअघि एपीएफले १-० को अग्रता कायम राख्न सफल भयो । खेलको ६० औं मिनेटमा गाइघाटका किस्...
पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु

पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा डढेलोमा परेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राईको मृत्यु भएको छ । बिहीबार अपरान्ह फिदिम नगरपालिका-१३ जोबारीस्थित वनमा लागेको डढेलोमा जलेर घाइते भएकी उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहका अनुसार उनको सिन्धुलीमा मृत्यु भएको हो । यसअघि कुम्मायक गाउँपालिका-३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको ...
पाँचथरमा डढेलो बस्तीमा सल्किएर घरगोठ जल्दा ४६ लाख बराबरको क्षति

पाँचथरमा डढेलो बस्तीमा सल्किएर घरगोठ जल्दा ४६ लाख बराबरको क्षति

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका-३ मा डढेलो बस्तीमा सल्कँदा ४६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरगोठसँगै पशुचौपाया र अन्य सामग्री जलेर नष्ट हुँदा ४६ लाख ५० हजार बराबरको क्षति भएको हो । कुम्मायक-३ का ७५ वर्षीय भीम बहादुर थापाको फुसको छानो भएको दुई तले घर जल्दा पाँच लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सामान जलेका छन् । सोही स्थानका ५५ वर्षीय...
सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ७७ वर्षीया मनमाया गिरीको मृत्यु भएको हो । बिहीबार साँझ मदन भण्डारी लोकमार्गअन्तर्गत पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले वृद्धालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै

भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै

विराटनगर । सहिद भीमनारायण गोल्डकप अन्तरगत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आजको अन्तिम सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो टुँडिखेलमा ३ः३० बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै गाइघाटले सेमिफाइनल यात्रा तय गरेको थियो भने मोरङको बेलबारी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्द...
पाँचथरमा डढेलोमा जलेर घाइते युवतीको मृत्यु, पाँच जना घाइते

पाँचथरमा डढेलोमा जलेर घाइते युवतीको मृत्यु, पाँच जना घाइते

विराटनगर । पाँचथरमा डढेलोमा जलेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका-३ ताम्राखु जङ्गलमा लागेको ढडेलोमा परेर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि धरानतर्फ लग्दै गर्दा धनकुटाको भेडेटारमा मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । डढेलोम...
उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक वृद्धको मृत्यु

उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक वृद्धको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-४ स्थित मुसहरी टोलमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सिन्धुलीको दुधौली नगरपालिका-५ का ७१ वर्षीय अमर बहादुर सुनुवारको मृत्यु भएको हो । शुक्रबार दिउँसो कटारीबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल प्र ०२-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलले साइकलमा सवार सुनुवारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका...
भीमनारायण गोल्डकपः साविक विजेता बिर्तामोडलाई हराउँदै नमोबुद्ध पुग्यो फाइनलमा

भीमनारायण गोल्डकपः साविक विजेता बिर्तामोडलाई हराउँदै नमोबुद्ध पुग्यो फाइनलमा

धनकुटा । साविक विजेता बिर्तामोड युनाइटेड क्लब झापालाई पराजित गर्दै नमोबुद्ध युथ फुटबल क्लब सप्तरी सहिद भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो । नमोबुद्धलाई जित दिलाउन टिम क्याप्टेन सिर्जनराज गौतमले दुई र मोहित गुरुङले एक गोल गरे । खेलको १४ औं मिनेटमा मोहितले गोल गर...
मोरङको जहदाबाट ठूलो परिमाणमा गाँजा बरामद

मोरङको जहदाबाट ठूलो परिमाणमा गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । मोरङ प्रहरीले दिएको जानकारीअनुसार ११ क्विन्टल भन्दा बढी गाँजा बरामद भएको हो । प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले एक हजार एक सय दुई किलो गाँजा बरामद भएको जानकारी दिएका छन् । गाँजा जहदा गाउँपालिका-७ का २७ वर्षीय उमेश कामतको घरमा फेला परेको हो । प्रहरीले विशेष सूचनाका आधारमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ...
मोरङले लगातार तेस्रो पटक जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि

मोरङले लगातार तेस्रो पटक जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि

विराटनगर । चौथो संस्करणको ‘इक्युवालिटी  कप क्रिकेट २०२५’ को उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा आज भएका फाइनल सप्तरीलाई ८ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । मोरङ पहिलो संस्करणमा झापासँग पराजित भएको थियो भने त्यसपछि लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...
प्रहरीले निवेदन नलिएको भन्दै कुटपिटबाट घाइते मजदुरद्वारा न्यायको अपिल

प्रहरीले निवेदन नलिएको भन्दै कुटपिटबाट घाइते मजदुरद्वारा न्यायको अपिल

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६, रामचोकका ४० वर्षीय जोगीकुमार महतोले न्यायको अपिल गरेका छन् । उनले आफूमाथि धारिलो हतियार प्रहार भएको र प्रहरी प्रशासनले उजुरी लिन नमानेको भन्दै विराटनगरमा पत्रकार सम्मेलन गरेर न्यायको अपिल गरेका हुन् । ‘म मजदुरीको काम गर्ने मान्छे हुँ । चैत १७ गते काम सकेर म र मेरो साथी लक्षु महतो घर जाँदैथियौं’, उनले भने, ‘राति सवा ८ बजेतिर कटहरीको नयाँ बजार पुगेका थियौं...
एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र

एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले ९ वटा समिति गठन गर्दै अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले वैशाख २ र ३ गते हुने अधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया तय गरेको छ । चैत्र २८ गते भूगोलका प्रतिनिधिहरू चयन गरिने र चैत्र २९ गते जनसङ्गठनहरूको प्रतिनिधि चयन गरिने महानगरका सचिव बलराम गिरीले ज...
भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

विराटनगर । धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । आजको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब, झापा र नमोबुद्ध युथ फुटबल क्लब, सप्तरी आमनेसामने हुनेछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ः३० बजेबाट खेल सुरु हुनेछ । तेस्रो क्वार्टरफाइनलमा काठमाडौंको चित्लाङ्ग फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै बिर्त...
सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ मा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय मनोज कुमार चौधरी, इटहरी-६ का २३ वर्षीय सनम तामाङ, इटहरी-२ का २७ वर्षीय...
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लोगो र मस्कट सार्वजनिक

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लोगो र मस्कट सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले औपचारिक रूपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । पर्यटन वर्षका लागि ‘रमणीय कोशी’ र ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ । पर्यटन वर्षको औपचारिक उद्‌घाटन चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रमा ह...
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा ?

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने घटेको थियो । बुधबार प्रतितोला छ सय रुपैयाँले घटेर सुन एक लाख ७९ हजार एक सय रुपैयाँ...
भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

धनकुटा । धनकुटामा जारी १७ औँ संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लाग्न थालेको छ । चैत १७ गतेदेखि सुरु भएको प्रतियोगिता प्रति फुटबलप्रेमीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । आज भएको सशस्त्र प्रहरी बल (एपीएफ) र बेलबारी फुटबल क्लब, मोरङबीचको प्रतिस्पर्धात्मक खेल हेर्न तल्लो टुँडिखेलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । खेलको रोमाञ्चक माहोलले दर्शकलाई अझै उत...
error: Content is protected !!