संगालोखबर
फाइल तस्बिर

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा एक हजार नौ सय सात मतदान स्थल कायम गरिएको छ । ती मतदान स्थलमा चार हजार दुई सय ७० मतदान केन्द्र निर्धारण गरिएको छ ।

जसमध्ये चार सय ३९ मतदान स्थल अति संवेदनशील रहेका निर्वाचन आयोगले जनाएको छ । मोरङमा सबैभन्दा धेरै तीन सय छ वटा मतदान स्थल छन् । यस्तै झापामा दुई सय ८५, सुनसरीमा एक सय ६५, इलाममा एक सय ५० र खोटाङमा एक सय ३६ मतदान स्थल कायम गरिएको छ ।

खोलुखुम्बुमा एक सय २३, धनकुटामा एक सय १९, संखुवासभामा एक सय नौ, उदयपुरमा एक सय तीन, पाँचथरमा एक सय दुई, भोजपुरमा ८७, ओखलढुंगामा ८४, ताप्लेजुङमा ८० र तेह्रथुममा सबैभन्दा कम ५६ वटा मतदान स्थल कायम गरिएको छ ।

कोशी प्रदेशमा ३५ लाख ७४ हजार तीन सय १० मतदाता कायम भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुष १८ लाख २८ हजार दुई सय १३, महिला १७ लाख ४६ हजार ७३ र २४ जना अन्य मतदाता छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!