
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको साताव्यापी स्पोर्ट्स मिट सम्पन्न भएको छ । कक्षा समूह अन्तरगत भएको स्पोर्ट्स मिट विभिन्न स्पर्धाहरू हुँदै समापन भएको हो ।
स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा ३, ४ र ५, ६ र ७ तथा ८ र ९ कक्षाका विद्यार्थीहरूले विभिन्न स्पर्धामा सहभागिता जनाएका थिए ।
विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरूलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा ढंगोलले बताइन् ।

संगालोखबर 













