संगालोखबर


विराटनगर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते देशैभरि उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । कुल १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जसमा महिलाको संख्या न्यून छ । निर्वाचन कार्यालयका अनुसार महिला उम्मेदवारको संख्या ३ सय ९५ हुँदा पुरुष उम्मेदवारको संख्या ३ हजार ८८ छ । यस्तै अन्य समूहबाट १ जनाले मनोनयन दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दलको तर्फबाट महिला उम्मेदवार २ सय ३५ छन् भने पुरुष उम्मेदवारको संख्या २ हजार ६४ रहेको  कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्वतन्त्रतर्फ १ सय ६० महिला उम्मेदवार छन् भने १ हजार २४ पुरुष उम्मेदवार मैदानमा उत्रिएका छन् ।

उमेर समूह अनुसार २५ देखि ३५ वर्ष उमेर समूहमा ६७ महिला तथा ५ सय १५ पुरुष उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ । सोही उमेर समूहमा अन्यबाट १ जना उम्मेदवार छन् ।

त्यसैगरी ३६ देखि ५० वर्ष उमेर समूहमा २ सय ३५ महिला र १ हजार ३ सय ७५ जना पुरुष उम्मेदवार छन् । ५१ देखि ६५ वर्ष समूहमा ९० महिला र १ हजार पुरुष चुनावी मैदानमा छन् ।

६५ वर्षमाथि महिला ३ जना महिला र १ सय ९८ पुरुष उम्मेदवार रहेको कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी दिए । गत निर्वाचनको तुलनामा यसपटक युवा तथा नयाँ उम्मेदवारको संख्या बढी देखिएको छ ।

यसपटक झापा-५ सँगै विभिन्न क्षेत्र चर्चामा छन् । झापा-५ बाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै सर्लाही ४ नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश कुमार सिंहबीच प्रतिस्पर्धा हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!