कोशी सरकारले अघि बढायो भाषा विधेयक

कोशी सरकारले अघि बढायो भाषा विधेयक

विराटनगर । सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कोशी प्रदेश सभामा दर्ता भएको छ । कोशी प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रबर्द्धन तथा विकास गर्ने उद्देश्यले विधेयक सरकारले अघि बढाएको हो । भाषा आयोगको सिफारिसका आधारमा कोशी प्रदेशमा बहुसंख्यक जनताले बोल्ने मैथिली भाषा र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कायम गर्न विधेयक दर्ता गरिएको छ । नेपालको संविधानको ...
धनकुटा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

धनकुटा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको महान चाड गाईजात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । ‘साउन २५ गते आइतबार गाईजात्रा पर्ने भएकाले सो दिन नगरभित्र वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरू तथा नगर स्तरीय कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ । सो दिन नगरपालिकाबाट अत्यावश्यक बाहेकका...
मोरङको सुन्दरहरैँचामा बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचामा बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ बेलगाछीमा बसले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसीप्रसाद गुरागाइँको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका हुनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिटी सफारीका चालक सुनसरीको दुहबी नगरपालिका-५ का ४२ वर्षीय बलबहादुर लिम्बू पनि ...
कोशीका २२ हजार पशुमा ‘लम्पी स्किन’ संक्रमण

कोशीका २२ हजार पशुमा ‘लम्पी स्किन’ संक्रमण

विराटनगर । कोशी प्रदेशमा २२ हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण भएको छ । यसको संक्रमणबाट ६ सय ३७ पशुको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीका अनुसार २२ हजार एक सय २२ पशुहरू संक्रमित हुँदा ६ सय ३५ गाईगोरु तथा दुई वटा राँगाभैँसी मरेका हुन् । जेठको पहिलो साताबाट तीब्र रूपमा फैलिएको ‘लम्पी स्किन’ लामो समय सम्म प्रदेश १० जिल्लामा सीमित रहेको थियो भने गत हप्तादेखि तेह्रथुममा पन...
हराएको एक सातापछि खोलामा भेटियो केराबारीका वीरबहादुरको शव

हराएको एक सातापछि खोलामा भेटियो केराबारीका वीरबहादुरको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका-२ का एक पुरुष मृत फेला परेका छन् । हराएको एक सातापछि ३६ वर्षीय वीरबहादुर लिम्बूको शव फेला परेको हो । केराबारी-२ स्थित समेवा खोलामा बुधबार साँझ उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बू असार १३ गतेदेखि सम्पर्कविहीन भएका थिए । हराएका लिम्बूलाई प्रहरी र आफन्तले खोजतलास गरिरहेका थिए । खोजी गर्ने क्रममा खोलामा शव फेला परेको प्रहरीले जनाएको छ...
कटहरीका स्थानीयले रोपे हुलाकी सडकमा धान

कटहरीका स्थानीयले रोपे हुलाकी सडकमा धान

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ का स्थानीयले हुलाकी सडकमा रोपाइँ गरेका छन् । लामो समयदेखि सडक निर्माणले गति लिन नसक्दा विरोध स्वरुप स्थानीयले सडकमा धान रोपेका हुन् । ६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्गको हालसम्म २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडक अलपत्र हुँदा बर्खामा हिलो र हिउँदमा धुलोले समस्या भोग्दै आएका स्थानीयले आज कटहरी चोकमा धान रोपेर एक घण्टा विरोध जनाएका छन् । पानी परे...
कोशीका १२ सहित यी जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना

कोशीका १२ सहित यी जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना

विराटनगर । आज कोशीका १२ सहित विभिन्न जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न जिल्ला भइ बग्ने नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले उल्लेख गरेको छ । देशभर मनसुनको प्रभाव रहेपनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ...
विराटनगरमा विद्यालय स्तरीय छैठौं बास्केटबल प्रतियोगिता हुँदै

विराटनगरमा विद्यालय स्तरीय छैठौं बास्केटबल प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा विद्यालय स्तरीय ‘एक्सपर्ट छैठौं बास्केटबल कप’ हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । एकेडेमीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै साउन २३ गतेदेखि भदौ २१ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको छ । प्रतियोगितामा छात्रातर्फ ८ तथा छात्रतर्फ ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । छात्रातर्फ सेन्टमेरिज स्कुल, बालकल्याण विद्यामन्दिर, अरनिको माध...
आज राति कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज राति कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र मधे...
असोज १ गतेबाट गाडीमा इम्बोस्ड नम्बर अनिवार्य 

असोज १ गतेबाट गाडीमा इम्बोस्ड नम्बर अनिवार्य 

काठमाडौं । सरकारले गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने नियम लागू गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार आगामी असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने छ । सबै प्रदेश सरकार मातहतका यातायात व्...
झापामा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

झापामा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

झापा । झापामा मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका जोरघरे की ५४ वर्षीया चन्द्रमाया नेम्वाङ छिन् । उनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार उनी घरदेखि १० मिटर पूर्व उत्तरमा रहेको खेतमा सिँचाइ गर्दै थिइन् । सोही बेला करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भ...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित भीमनगर बोर्डर पोष्टबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेश कुमार रजक र वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक छन् । उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली रुपैयाँमा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेको ल...
सप्तरीमा मदिरा नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

सप्तरीमा मदिरा नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मदिरा नियन्त्रणमा लिने क्रममा गएराति प्रहरीले गोली चलाएको हो । गोली लागेर राजगढ गाउँपालिका-२ का लालु यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले गोली चलाएको थियो । प्रहरीका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सू...
धनकुटाको विकास र समृद्धिका लागि एमालेले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

धनकुटाको विकास र समृद्धिका लागि एमालेले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

विराटनगर । नेकपा एमाले धनकुटाले जिल्लाको विकास र समृद्धिका लागि आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले धनकुटाको प्रतिनिधिमूलक टोलीले विराटनगरमा मुख्यमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य निरन राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपालसह...
पाँचथरमा विद्यालय हिँडेका दाजु-बहिनी पाँच दिनपछि मृत फेला

पाँचथरमा विद्यालय हिँडेका दाजु-बहिनी पाँच दिनपछि मृत फेला

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ को बिरुवा खोलामा दाजु-बहिनी मृत फेला परेका छन् । पाँच दिनदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ५ वर्षीया छोरी नानुमा भन्ने नुमा राई आज बिहान मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङका अनुसार विद्यालय जान भनेर हिँडेका उनीहरू साउन १५ गतेबाट बेपत्ता भएका थिए । उनीहरूको खोजी भइरहेकोमा आज बिहान करिब ९...
सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महा...
मोरङको उर्लाबारी र बेलबारीका दुई पुरुष धान खेतमा मृत फेला

मोरङको उर्लाबारी र बेलबारीका दुई पुरुष धान खेतमा मृत फेला

विराटनगर । मोरङको उर्लाबारी र बेलबारीमा दुई पुरुष मृत फेला परेका छन् । उनीहरू धान खेतमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-२ का २५ वर्षीय सुशील लिम्बूको शव आज बिहान धानखेतमा भेटिएको हो । घरछेउमै रहेको खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । लिम्बूमा यो भन्दा पहिला पनि आफैँ बेहोस हुने समस्या रहेको प्रारम्भ...
काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका यात्रु ब्राउन सुगरसहित पक्राउ 

काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका यात्रु ब्राउन सुगरसहित पक्राउ 

विराटनगर । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका एक यात्रु लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २८ वर्षीय बालकुमार पाण्डे छन् । बा. प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई सोमबार राति सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनको साथबाट ४४ ग्राम तीन सय ९० मिलिग्राम ला...
विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध (फोटो फिचर)

विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध (फोटो फिचर)

विराटनगर । विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध गरिएको छ । आज महिला मानव अधिकार रक्षक संजाल, मानव अधिकार संजाल र गैर सरकारी संस्था महासंघ मोरङले संयुक्तरूपमा विरोध गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्डसहित ट्राफिक चोकमा भेला भएर बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरोध गरेका हुन् । ‘महिलाको शरीरमाथिको नियन्त्रण बन्द गर’, ‘हाम्रो एकता महिला अधिकारका लागि...
कक्षा १२ को नतिजा सार्वजनिक, कति प्रतिशत उत्तीर्ण भए ?

कक्षा १२ को नतिजा सार्वजनिक, कति प्रतिशत उत्तीर्ण भए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको केहीबेर अघि सकिएको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसैबीच कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ । वैशाख १४...
एक जनाको मृत्यु, १० जना घाइते काठमाडौं रेफर हुँदा ६ जना डिस्चार्ज

एक जनाको मृत्यु, १० जना घाइते काठमाडौं रेफर हुँदा ६ जना डिस्चार्ज

विराटनगर । खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री चढेको माइक्रो दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सिरहाको नहरा गाउँपालिका-३ की अन्दाजी २५/३० वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते छन् । घाइतेमध्ये १० जनालाई थप उपचारका लागि का...
मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चिरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारका अनुसार निरजको घरबाट जरायोको सिङ बरामद भएको हो । उनको घरमा जरायोको सिङ लुकाएर राखेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । सोही आधारमा इ...
यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना घाइते हुनेहरूको पहिचान खुलेको छ । आज बिहान हलेसीबाट सिरहाको गालबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १७ जना घाइते भएका छन् भने चालक सिरहा नगरपालिका-३ सारसोर का २८ वर्षीय रामनाथ साह फरार छन् । घाइतेहरूको उपच...
कोशीमा ८९ प्रतिशत धान रोपाइँ

कोशीमा ८९ प्रतिशत धान रोपाइँ

विराटनगर । कोशी प्रदेशमा मध्य साउन कटिसक्दा ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय विराटनगरले साउन १८ गते आइतबार अद्यावधिक गरेको सूचना अनुसार यो गतवर्षको तुलनामा ६ प्रतिशत कम रोपाइँ भएको हो । गतवर्ष सोही अवधिमा ९५.०१ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार ओखलढुङ्गामा मात्रै शतप्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार ओखलढुङ्गामा ती...
खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्कँदै गरेको माइक्रो दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई काठमाडौं रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले उनीहरूलाई काठमाडौं रेफर गरेको हो । ‘अन्य घाइतेहरूको घुर्मीमै उपचार भइरहेको छ । ६ जनालाई अस्पतालले काठमाडौं रेफर गरेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतीक बिष्टले संगालोखबरसँग भने, ‘१७ जना घाइते भएका छन् । अहिलेसम्म घाइतेमध्...
ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ

ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ गरेका छन् । झापाबाट दुई, मोरङबाट एक र धनकुटाबाट दुई जना छन् । धनकुटाको चौबिसे गाउँपालिका-६ का मुकेश विश्वकर्मा र दिवश राई दुई किलो गाँजासहित पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर दुई हजा...
हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना भएको छ । आज बिहान हलेसीबाट सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार माइक्रोमा १८ जना यात्रु रहेको अनुमान गरिएको छ । १३ जना घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि घुर्मीतर्फ पठाइएको ...
सप्तकोशीमा पानीको बहाव उच्च

सप्तकोशीमा पानीको बहाव उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा अनुसार कोशी ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाइएको छ । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि...
विराटनगरको एभरेष्टमा ‘नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम हुने 

विराटनगरको एभरेष्टमा ‘नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम हुने 

विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूले ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम गर्ने भएका छन् । विद्यार्थीहरूको नेतृत्व  र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको उद्‌घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नेछन् । कार्यक्रम संयोजक इशल भट्टराईका अनुसार तीन दिनसम्...
बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बर्जु-१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेहताको विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियो । ...
error: Content is protected !!