चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले केही मान्छेलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चैत २५ गते जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीया चुनकुमारी बुढाथोकीको बिहीबार पहिचान खुलेको थियो ।  ‘अनुसन्धान जारी...
दुर्गा प्रसाईंलाई लगियो काठमाडौं

दुर्गा प्रसाईंलाई लगियो काठमाडौं

विराटनगर । दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौं पठाइएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । उनी भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैँले आत्मसमर्पण गरेको दाबी गरेको थियो । प्रसाईं चैत १५ गते...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला पाँच हजार सात सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँम...
नेकपा एस कोशीको अध्यक्षमा खड्का चयन

नेकपा एस कोशीको अध्यक्षमा खड्का चयन

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का चयन भएकी छन् । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् । प्रदेश कमिटीको सचिवमा खोटाङका जलेश्‍वर राई चयन भए भने उपसचिवमा भवानी शङ्कर चयन भएका छन् । प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीको पहिलो बैठकले रिक्त पद मनोनयन गर्न...
मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

विराटनगर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बिच भाग भाँचिएको छ । बुधबार रातीको वर्षापछिको बाढीले मिर्चैया-कटारी-घुर्मी सडक योजना अन्तरगत निर्माणाधीन अवस्थाको पक्की पुल भाँचिएको हो । बेमौसमी वर्षा पछिको बाढीले अमाह खोलामा लगाइएको उक्त पुलमा क्षति पुगेको जनाइएको छ । बाढीका कारण पुलमुनि लगाइएको ह्‍युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पु...
इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

विराटनगर । सुनसरीको इटहरी-५ बालग्रामबाट १४ वर्षीय बालक बिपन खड्का बेपत्ता भएका छन् । इटहरीको बुल्म नेपाल बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत बालक चैत २२ गते घरबाट बेपत्ता भएका हुन् । बालककी आमा शर्मिला खड्काका अनुसार उक्त दिन बिपनको कक्षा ७ को अन्तिम परीक्षा थियो । ‘छोरालाई खाना खुवाएर म पनि काममा निक्लिए । उ पनि परीक्षा दिन जान तयारी गर्दै थियो’, उनले भनिन्, ‘काममा नै थिए । साढे ११ बजेतिर स्कु...
झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

विराटनगर । कोशीका दुई जिल्लामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार झापा र मोरङका दुई स्थानमा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङल...
धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । चैत २५ गते दिउँसो १२ः३० बजे मृत फेला परेकी उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीय चुनकुमारी बुढाथोकी हुन् । यद्यपी नागरिकताबाट नाम पहिचान गर्न बाँकी र...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, एकैदिन पाँच हजार सात सय बढ्यो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, एकैदिन पाँच हजार सात सय बढ्यो

विराटनगर । सुनको मूल्यमा आज ऐतिहासिक नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला पाँच हजार सात सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । आज सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत चैत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थ...
इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १०ः५० बजे मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-७ जिरोमा को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक इलामकै अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई उपचारका ...
घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलकी एक महिलाको लडेर मृत्यु भएको छ । गत चैत २२ गते आफ्नै घरको पेटीबाट चिप्लिएर लडेकी ५० वर्षीया कल्पना राईको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार घरको पेटीबाट लडेर करिब ५० मिटर तल खसेकी उनको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...
राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आजबाट १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चौबिसे गाउँपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले स्थानीय पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियोगिता उद्‌घाटन गरेका छन् । प्रतियोगिता उद्‌घाटन गर्दै स...
कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ

कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमा सिंहले आज तेह्रथुमको लालिगुराँस नगरपालिका स्थित आरआर गार्डेनबाट पर्यटन वर्षको शुभारम्भ गरेका हुन् । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्य...
जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

धनकुटा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अहिले अफवाह फैलाएर जनतामा निराशा पैदा गर्ने काम भइरहेको बताएका छन् । नेकपा एमाले महालक्ष्मी नगरपालिका धनकुटाकाे दाेस्राे नगर अधिवेशनलाई संवाेधन गर्दै पूर्वमन्त्री राईले वास्तविकता लुकाएर गलत अफवाह फैलाउने कामले समस्या सृजना गरिरहेकाे बताएका हुन् । देशमा विकासले गति लिँदै गइरहेको उदाहरण दिदैँ नेता राईले भ्रम फैलाउनेहरुसँग...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार झापा, मोरङ र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट भारत वेस्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मन १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  अर्जुनधारा-४ का २८ वर्षीय भुवन न्यौपानेलाई घरबाटै १ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगरसहित प्...
सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रुपै...
आजबाट कोशी पर्यटन वर्षको शुभारम्भ गरिँदै

आजबाट कोशी पर्यटन वर्षको शुभारम्भ गरिँदै

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को शुभारम्भ आजबाट गर्दैछ ।  कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजलेबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष...
धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा नियमित बस सेवा सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बस सेवाको उद्‌घाटन गरेका हुन् । धरानबाट नियमित कुरुले, मानेडाँडा हुँदै बस सुरुङ्गी पुग्नेछ भने सुरुङ्गीबाट धरान जानेछ । ‘यसअघि परीक्षणको रूपमा बस सञ्चालन भएको भएपनि औपचारिक रूपमा सञ्चालनमा आएको थिएन’, वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र थापा मगरले...
भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । प्रहरीले आज बिहान चेकजाँचको क्रममा उनीहरूलाई फरक-फरक सवारीसाधनबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-७ की ४९ वर्षीया सीता कार्की र ४२ वर्षीया इन्दिरा राई रहेका छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कार्कीलाई बिहान करिब १०ः५० बजे अखुवाबाट धरानतर्फ जाँ...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई सोमबार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ वर्षीय उमेश गिरीलाई उनकै घरबाट दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीसँगै ब्राउन सुगर बेच्ने गौरादह-२ का २४ वर्षीय मनोज भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ला...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प...
धरानको जंगलमा महिलाको शव फेला

धरानको जंगलमा महिलाको शव फेला

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक बनमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । सोमबार दिउँसो करिब १२ः३० बजे प्रहरीले महिलाको शव फेला पारेको हो । महिलाको पहिचानका लागि हुलियासहित कोशीका सबै प्रहरी युनिटबाट समन्वय भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । प्रहरीले म...
धनकुटा नगरपालिकाले उठिवास हुन लागेका आठपहरियाहरूको ऋण तिरिदिने

धनकुटा नगरपालिकाले उठिवास हुन लागेका आठपहरियाहरूको ऋण तिरिदिने

धनकुटा । धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । ऋण तिर्न नसकेर उठिवास हुन लागेका उनीहरूको ऋण नगरपालिकाले तिरिदिन लागेको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका दुई सय ९८ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिएका छन् । धनकुटामा आयोजित एकल जातीहरूको सांस्कृतिक पहिचान सम्बन्धी कार्यक्रममा बोल्दै मेयर तामाङले चालु आर्थिक वर्षमा ...
विराटनगरबाट श्रोत नखुलेको सात लाख १५ हजारसहित एक जना पक्राउ

विराटनगरबाट श्रोत नखुलेको सात लाख १५ हजारसहित एक जना पक्राउ

विराटनगर । विराटनगर-९ महेन्द्र चोकबाट श्रोत नखुलेको सात लाख १५ हजार रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो करिब २ः३० बजे विराटनगर-१५ निवासी २४ वर्षीय रोहितकुमार साहलाई शङ्का लागी चेकजाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उनको साथबाट उक्त नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार रकमको वैध श्रोत नखुलेपछि उनलाई थप अनुस...
उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग

उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग

विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन नेपाल सरकारसँग माग गरेको छ । नेपाल सरकारको अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार सङ्घको सहकार्यमा आज विराटनगरमा आयोजित ‘आर्थिक ऐन २०८२/०८३ तर्जुमा अन्तरक्रिया तथा सुझाव सङ्कलन’ कार्यक्रममा उद्योगीहरूले यस्तो माग गरेका हुन् । सङ्घका अध्यक्ष अनुपम राठीले विभिन्न देशबाट आयात हु...
विराटनगरका दुई घरमा प्रहरीको छापा, ४५ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगरका दुई घरमा प्रहरीको छापा, ४५ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-१४ जतुवाका दुई घरबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा आज बिहानको राति छापा हान्न पुगेको प्रहरी टोलीले उक्त परिणामको गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै प्रहरीले १९ वर्षीय भुपेन यादव र ६० वर्षीय छटु यादवलाई घरबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार भूपेनको घरबाट ३० र छटुको घरबाट १५ किलो गाँजा बरामद भएको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी ...
मोरङको केराबारीबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङको केराबारीबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी-८ बाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । आइतबार साँझ आमजुंगी सामुदायिक वनमा सिकार गर्न गएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा केराबारी-८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् । यस्तै सोही स्थानका ३५ वर्षीय धनबहादुर लिम्बु फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूला...
नेकपा एस मोरङको अध्यक्षमा पुनः चन्द्रवीर राई चयन

नेकपा एस मोरङको अध्यक्षमा पुनः चन्द्रवीर राई चयन

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी मोरङको अध्यक्षमा पुनः चन्द्रवीर राई चयन भएका छन् । नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः राई चयन भएका हुन् । उपाध्यक्षमा दीपक ढकाल, सचिवमा तुलसी ढकाल, सहसचिवमा भूपाल बस्नेत, ढकबहादुर राई र सुभद्रा राईलाई चयन गरिएको छ । यस्तै प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ भने आर्थिक विभाग प्रमुखमा चन्द्रा शर्मा पराजुलीलाई चयन गरिएको छ । जिल्ला अधिवेशनले ९१ सदस्य ...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज प्रतितोला ३० रुपैयाँले बढेर चाँदी एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । ...
कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक सार्वजनिक

कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक सार्वजनिक

धरान । याक्खा समुदायभित्रको कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ । धरानस्थित किरात याक्खा छुम्माको केन्द्रीय भवनमा आयोजित एक विशेष समारोहका बीच ‘कोयोङ्वा वंशावली’ पुस्तकको विमोचन गरिएको हो । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समितिको प्रकाशनमा तयार गरिएको उक्त पुस्तक समाजका अध्यक्ष कृष्णकुमार कोयोङ्वा, संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र किरात याक्खा छुम्माका केन...
राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित भएका छन् । युवा संघको आज सम्पन्न नौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले देवीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । समितिको उपाध्यक्षमा सुवास तामाङ, सचिवमा सुरेश लिम्बू, उपसचिवमा राजेन्द्र थापा, नि...
error: Content is protected !!