संगालोखबर


झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँच वटै क्षेत्रमा मनोनयन दर्ता गरेको छ । आज सबै उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयनका लागि ओली सोमबार नै झापा आएका थिए ।

यस्तै झापा क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार रामचन्द्र उप्रेती, २ बाट देवराज घिमिरे, ३ बाट हरि बहादुर रावजंशी र ४ बाट लालप्रसाद साँवा (एलपी)ले मनोनयन दर्ता गराएका छन् । झापामा एमालेले पाँचै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!