
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । आज निर्वाचन अधिकृतको कार्यालयमा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी कुल १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २१, ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसबाट खड्ग फागो, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्बा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर वाइवा, नेपाल जनमुक्ति पार्टीबाट फिवराज लिम्बु, नेकपा माओवादीबाट डिल्लीराम नेपाली, मितेरी पार्टीबाट डिल्लीराम लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती र राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङले मनोनयन दर्ता गराएका छन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालबाट दुर्गाप्रसाद दर्लामी, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन र मंगोल नेशनलबाट सुरज लिम्बुको उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्रबाट यामप्रसाद दाहाल, मिलन भण्डारी, प्रेम बर्देवा र ईश्वर वाग्लेको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर २ नेपाली काँग्रेसका डा. मीनेन्द्र रिजाल, नेकपा एमालेका दिलिपकुमार अग्रवाल, नेकपाका चन्द्रवीर राई र रास्वपाका कृष्णकुमार कार्कीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोजकुमार राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बु, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट माधवप्रसाद राजवंशी र जनता समाजवादी पार्टी नेपालबाट विनोदकुमार सिंह गनगाईले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली राष्ट्रिय परिवर्तन पार्टीका धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का मेघेन्द्र कुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी र श्रम संस्कृति पार्टीबाट अबुहो रैरहले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट नरेशकुमार साह, अनिलकुमार साह, राजन निरौला र बधु ऋषिदेवले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ३ बाट काँग्रेसका डा. सुनिलकुमार शर्मा, एमालेका इरन राई, नेपाली कम्युनिष्ट पार्टीका डा. देउमान सम्वाहाङफे र रास्वपाबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै राष्ट्रिय ऊर्जाशील पार्टीका भुवनकुमार वाग्ले, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्लीबहादुर जबेगु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का खड्गबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले मनोनयन दर्ता गराएका छन् ।
संयुक्त नागरिक पार्टीका विदुर अधिकारी, श्रम संस्कृति पार्टीका अमिर मगर, जनता समाजवादी पार्टी नेपालका मजेबुल रहमान, आम जनता पार्टीका कमलकुमार राई, जय मातृभूमि पार्टीका नवराज मास्के र उज्यालो नेपाल पार्टीका मित्रसेन योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रमा दलबहादुर थापा, सुरेश लिम्बु, कन्चन न्यौपाने, तेजप्रसाद भण्डारी र गणेश मिश्रको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर ४ बाट काँग्रेसका गुरुराज घिमिरे, एमालेका जीवन घिमिरे, नेकपाका अमनलाल मोदी र रास्वपाका सन्तोष राजवंशीले उम्मेदवारी दिएका छन् । यस्तै समावेशी समाजवादी पार्टीका नुमा लिम्बु, नागरिक उन्मुक्ति पार्टीका हरिनारायण चौधरी, आम जनता पार्टीका अशोक शर्मा, नेपाल मजदुर किसान पार्टीका जयराम थारू र मंगोल नेशनल अर्गनाइजेसनका गोल्छा राईले मनोनयन दर्ता गराएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का हरिबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हरनु मुसहर, जनमत पार्टीका जीवनकुमार गुप्ता, जनता समाजवादी पार्टीका तवरेज अख्तर आलम, श्रम संस्कृति पार्टीका कृष्णकुमार अटल, उज्यालो नेपाल पार्टीका विनोद परियार र राष्ट्र निर्माण दलका कल्पना देवी यादवले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट भक्तमणी दाहाल, विनोदकुमार कार्की र ज्ञानेन्द्र खत्रीको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर ५ बाट काँग्रेसका फूलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल, राष्ट्रिय उर्जाशिल पार्टीका योगेन्द्र मण्डल, जसपा नेपालका राजकुमार यादव र रास्वपाका आशा झाले मनोनयन दर्ता गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, राष्ट्रिय प्रजातन्त्र पार्टी कुमोद राय र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजेन्द्रप्रसाद मण्डल केवटको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै जनमत पार्टी परमेश्वर मुर्मु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गंगाप्रसाद गिरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका नरेशकुमार लाभ, मंगोल नेशनल अर्गनाइजेसनका सकुन्तला श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्राट सूर्य नारायण ठाकुर, सुजितकुमार साह, जयनारायण शर्मा, ममता यादव, मोहमद रेजा हुसैन, राजकुमार राजवंशी, अमरकुमार यादव र विकाश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ६ बाट काँग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार राय, राष्ट्रिय स्वतन्त्र पार्टीका रुविना आचार्य, राप्रपाबाट सविन निरौलाले मनोनयन दर्ता गराएका छन् ।
मंगोल नेशनल अर्गनाईजेसनबाट अनु मगर, नेकपा माओवादीबाट कुमारप्रसाद खतिवडा, नेमकिपाबाट तिलकराम राजवंशी, सार्वभौम नागरिक पार्टीबाट प्रिति झा, आम जनता पार्टीबाट बद्री पासवान, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास र उज्यालो नेपालबाट बसन्त बुढाथोकीको मनोनयन दर्ता भएको छ ।
यस्तै जसपाबाट महमद जाविर, श्रम संस्कृति पार्टीबाट मातृका पौडेल, जसपा नेपालबाट राजु मण्डल राजवंशी, जनमतबाट सुधराम माझीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट राम खत्री, खडानन्द रिजाल, किरण खड्का र उत्तम दाहालले उम्मेदवारी दिएका छन् ।

संगालोखबर 













