संगालोखबर


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा ५ सय ५ जनाले मनोनयन दर्ता गराएका छन् । २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कोशीमा सुनसरीको क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३४ जनाले मनोनयन दर्ता गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सुनसरीमा कुल १ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर १ मा २६, २ मा २८, ३ मा २२ र ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै मोरङका ६ वटा क्षेत्रमा १ सय १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जनाएको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गरेका छन् । झापा १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरको क्षेत्र नम्बर १ मा १८ र २ मा १३ गरी जम्मा ३१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै इलामका दुई क्षेत्र मध्ये १ मा १३ र २ मा १४ जना गरी २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

धनकुटामा १८, ओखलढुंगामा १६, खोटाङमा १५, पाँचथरमा १५, ताप्लेजुङमा १३, संखुवासभामा १३, तेह्रथुममा १२, भोजपुरमा १२ र सोलुखुम्बुमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज उम्मेदवारीविरुद्ध दाबी विरोधका लागि उजुरी दर्ता गर्नको लागि समय निर्धारण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!