
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार देशभर ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको आयोगले जनाएको छ ।

संगालोखबर 













