
विराटनगर । नेपाली बजारमा आज नयाँ रेकर्डबाट सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
लगातार नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर पाँच हजार आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













