संगालोखबर


विराटनगर । नेपाली बजारमा आज नयाँ रेकर्डबाट सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

लगातार नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर पाँच हजार आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!