संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा सिद्धार्थ  स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरको मेलिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सिद्धार्थले लायन क्रिकेट एकेडेमीलाई ३० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले फाइनलको यात्रा तय गरेको छ भने लायन २ खेलमै पराजित हुँदै  प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङको गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ६ रनको योगफल तयार पारेको थियो ।

सिद्धार्थकालागि फिर्दाेस अन्सारीले अविजित हुँदै ३७ रन र दिपेश कँडेलले १९ रन बनाए । लायनका शकिव हकले ३ विकेट लिँदा गौरभ कटवालले २ विकेट लिए ।

जवाफमा १ सय ७ रनको लक्ष्य पछ्याएको लायनले १७ दशमलव ३ बलमा सबै विकेट गुमाई ७६ रन मात्र सीमित भयो । लायनका शकिव हकले २६ रन जोड्दा निरजकुमार ठाकुरले १२ रनको योगदान दिए ।

सिद्धार्थका निरज मुखियाले ३ विकेट लिँदा दिपेश कँडेल, फिर्दाेस अन्सारी र विजय मण्डलले २-२ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दाेस अन्सारी घोषित भए ।

यसअघि भएको पहिलो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमीले मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीलाई ३ विकेटले पराजित गर्दै समुह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । लगातार २ खेलमा पराजित हुँदै मिल्स क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर ब्याटिङको गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सस ३ रनको समान्य योगफल तयार पारेको थियो । मिल्सका लागि रितिक चौधरीले १७, अभय कुमीले १४, नरेन्द्र कर्णले १३ तथा सन्तोष चौधरी र डनिस राजाले ११-११ रन बनाए । विराटनगरका क्रितिक कामतले ३ विकेट लिँदा रितेश झा र कृष शर्माले २-२ विकेट लिए ।

जवाफमा १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव १ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । विराटनगरका भुपाल दंगालले २५ रन जोड्दा सागर कटवालले २१ रनको योगदान दिए ।

मिल्सका विधान गोश्वामीले २ विकेट लिँदा वैभव राजले पनि २ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच विराटनगरका सागर कटवाल घोषित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!