
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा इलाइट क्रिकेट क्लबले पहिलो जित निकालेको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीलाई १७ रनले पराजित गर्दै इलाइटले पहिलो जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिङ गरेको इलाइटले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन बनाउँदा राजु विश्वकर्माले ४० रन बनाए ।
मिल्सका वैभव राजले ३ विकेट लिँदा सुधीर कामत, रेहान शेख, विधान गोस्वामी र नरेन्द्र कर्णले १-१ विकेट लिए । जवाफमा १ सय ५५ रनको लक्ष्य पछ्याएको मिल्सले पुरै ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउँन सक्यो । मिल्सका विधान गोस्वामीले सर्वाधिक ४२ रनको योगदान दिए ।
इलाइटका राजु विश्वकर्माले ३ विकेट लिँदा मनिष कामतले पनि ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच इलाइटका राजु विश्वकर्मा घोषित भए ।

संगालोखबर 













