संगालोखबर


विराटनगर । जेनजी आन्दोलनमा भएको तोडफोडका कारण क्षति पुगेको विराटनगरस्थित बरगाछीको ट्राफिक लाइट मर्मतपछि सञ्चालनमा आएको छ । दुर्घटनाको उच्च जोखिम रहेको बरगाछीमा बिहीबारबाट ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।

ट्राफिक लाइट सञ्चालनमा आएसँगै सवारी आवागमनमा सहज भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । ‘ट्राफिक लाइटमा क्षति पुग्दा सवारी आवागमन अस्तव्यस्त बनेको थियो’, न्यौपानेले संगालोखबरसँग भने, ‘बरगाछीमा ट्राफिक लाइट सञ्चालनमा आएसँगै सवारी आवागमन सहज भएको छ ।’

विराटनगरमा बरगाछीसँगै रोडशेष चोक, जलजला चोक, घाँस चोक, कञ्चनबारी र तीनपैनीमा ट्राफिक लाइट जडान गरिएको थियो । तर गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सबै ट्राफिक लाइटमा तोडफोड भएको थियो ।

अन्य स्थानको ट्राफिक लाइट कहिले सञ्चालनमा आउँछन् भन्ने यकिन भएको छैन । अन्य स्थानका ट्राफिक लाइट पनि मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको इन्स्पेक्टर न्यौपानेले बताए ।

कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ ६ स्थानमा ट्राफिक लाइट जडान गरेको थियो । जसले दुर्घटना न्यूनीकरणमा भूमिका खेलेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!