इटहरीबाट दुई बालिकाको उद्धार, वेल्स ग्लोबलका दुई ‘टुर म्यानेजर’ पक्राउ
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट हर्बल प्रोडक्टहरूको मार्केटिङ गर्न आएका दुई बालिकाको उद्धार गरिएको छ । प्रहरीका अनुसार इटहरी-९ स्थित वन्दना होटलबाट उनीहरूलाई उद्धार गरिएको हो ।
काठमाडौं चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि.ले केही दिनअघि १२ जना किशोरीहरूलाई मार्केटिङका लागि इटहरी ल्याएको थियो । सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक...





























