संगालोखबर


विराटनगर । उच्च अदालत विराटनगरको नाममा रहेको जग्गा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । उच्च अदालत विराटनगरले जग्गा खाली गराई भोगचलन गर्ने वातावरण मिलाइदिन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि उक्त तथ्य बाहिरिएको हो ।

अदालतको नाममा स्रेस्ता कायम रहेको १ बिघा भन्दा बढी जग्गामा केही व्यक्तिहरूले घरटहरा बनाएर कब्जा जमाएको अदालतले जनाउको छ ।

उच्च अदालत प्रशासन शाखाका उप-रजिष्ट्रार सन्तोष पोखरेलले मोरङको साबिक कञ्चनबारी गा.वि.स. वडा नम्बर ३ ‘क’ र हाल विराटनगर महानगरपालिका वडा नम्बर ४ मा रहेको कित्ता नम्बर ११२ को जग्गा अतिक्रमणमा परेको बताए । उक्त कित्तामा उच्च अदालतको नाममा १ बिघा ८ कट्ठा १० धुर जग्गा दर्ता स्रेस्ता कायम छ ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउको बाटोमा जोडिएको उक्त क्षेत्रमा केही व्यक्तिहरूले अनधिकृत रूपमा कच्ची तथा पक्की घर टहरा निर्माण गरी बसोबास गर्दै आएका छन् ।

उच्च अदालतले अतिक्रमणकारीहरूको विवरणसहितको छुट्टै सूची नै तयार पारेर महानगर र प्रशासनलाई बुझाएको छ । प्राप्त सूचीअनुसार कि.नं. ११२ को सरकारी जग्गामा ४३ वटा घरहरू निर्माण भएका छन् । यसअघि पनि अतिक्रमण हटाउने कार्यमा सहयोग र समन्वयका लागि उच्च अदालतले पत्राचार गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!