यस्तो छ मोरङका पालिकाहरूको बजेट
विराटनगर । मोरङका १७ पालिकामध्ये केही बाहेकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् । प्रस्तुत बजेटले स्वास्थ्य, कृषि, पूर्वाधारलगायतलाई समेटेको छ ।
विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयँँको बजेट प्रस्तुत गर्दा स्वास्थ्य र शिक्षामा नगरवासीको पँहुच बढाउने, स्थानीय श्रोत साधन र सीपको अधिकतम परिचालन हुने योजना, आर्थिक विकास र गरिबी न्यूनिकरणमा सहयोग पुर्याउनेलगायतका योजनाहरूलाई प्राथ...





























