संगालोखबर


भोजपुर । भोजपुरको आमचोक गाउँपालिका-८ बाट ६ सय २२ किलो ३ सय ग्राम गाँजा बरामद भएको छ । गाँजा ओसार-पसार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरोमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार ३८ वटा प्लास्टिकको बोरामा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको थियो ।

यस्तै सोही स्थानबाट १८ किलो ३ सय ३४ ग्राम गाँजाको भुस बरामद भएको प्रहरीले जनाएको छ । गाँजा ओसार-पसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!