कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बेलबारी-४ घर भई इलाममा कार्यरत सहायक हबल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो । शनिबार राति ८ बजे पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र १-०२-०४३ प २४७१ नम्बरको मोटरसाइकल डाँस खोला पुलको डाइभर्सनमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भ...
रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ संसारीमाई स्थानमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पिकअप चालक विराटनगर-८ का ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको हो । शनिबार करिब २ः४० बजे बोइलर कुखुराको दाना बोकेर विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को २ च १३०० नम्बरको पिकअप डिभाइडरमा ठोक्किएको थियो । पिकअपमा सवार विराटनगर-८ कै २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पर...
पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

विराटनगर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ । शनिबार साँझ ६ बजे बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीए...
मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लाग्दा पति-पत्नीको मृत्यु

मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लाग्दा पति-पत्नीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा करेन्ट लागेर पति-पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बू छन् । आज बिहान मदेनी खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरूलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनीहरूको बिहान ९ः४० बजेतिर मृत्यु...
मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ

मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ मा डेरा गरी बस्ने २६ वर्षीय रोशन कुमार मण्डल, धनपालथान गाउँपालिका-७ का २२ वर्षीय विशाल कुमार सिंह र भारतको अररिया जिल्लाका १८ वर्षीय कृष पासवान छन् । पछिल्लो केही समयदेखि विराटनगरसहित मोरङको दक्षिण क्षेत्रहरूमा चोरीका घटनाहरू बढीरहेकोमा गत बैशाख ११ गते कटहरी गाउँपालिका-४ नयाँ बजार स्थित ...
श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु

श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडामा श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-६ की ५६ वर्षीया बिष्णुकुमारी खड्का छन् । आमबारी-उर्लाबारी पक्की सडक खण्डमा शुक्रबार बिहान करिब १० बजे कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेका खड्का दम्पती सवार प्र १-०२-४९ प ७५५४ नं. को स्कुटरको टायर पड्किएको हो । विष्णुकुमारीका श्रीमान ६० वर्षीय भवानी ...
मासु खाने क्रममा हड्डी अडकिएर धनकुटाका वृद्धको मृत्यु

मासु खाने क्रममा हड्डी अडकिएर धनकुटाका वृद्धको मृत्यु

धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अडकिएर धनकुटाका एक वृद्धको मृत्यु भएको छ । सुँगुरको मासु खाने क्रममा मासुसँगै रहेको हड्डी अड्कँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो । घटना गत जेठ २१ गते रातीको हो । मासु खाँदा हड्डी अड्किएपछि लिम्बूलाई उपचारका लागि मोरङको वुढिगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा ग...
मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र

मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणा पत्र बुझाइएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चले कोशी प्रदेशका युवाहरूलाई उद्यमशीलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न अवधारणा पत्र तयार गरेका हुन् । इनक्युबेशन सेन्टर भन्नाले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यम...
धनकुटाका गाईमा देखियो लम्पीस्किन रोग

धनकुटाका गाईमा देखियो लम्पीस्किन रोग

धनकुटा । धनकुटाका गाईमा लम्पीस्किन रोग देखिएको छ । दुई वर्ष अघि महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग अहिले पुनः धनकुटा नगर क्षेत्रका गाईमा देखा परेको हो । धनकुटा-६ पात्लेखोलाका डिल्लीराम राई र धनकुटा-१० का दुर्गा अधिकारीले पालेको गाईमा लम्पीस्किनको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । संक्रमण देखिएका गाईहरूलाई खोप लगाएको छ । लम्पीस्किन रोगको संक्रमणपछि पश...
कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । आज कोशीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना छ । २४ घण्टाभित्र ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई महाशाखाले भारी वर्षा भन्ने गरेको छ । महाशाखाका अनुसार गण्डकी, बागमती र लुम्बिनी प्रदे...
विराटनगरको आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ सुरु 

विराटनगरको आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ सुरु 

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव-२०८२’ सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा आरोहण गुरुकुलको आयोजनामा आजबाट उत्सव सुरु भएको हो । विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले उद्‌घाटन गरेको महोत्सव भोलि समापन हुनेछ । उद्‌घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरूको संग्रह र युवाकवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्र...
मोरङको बेलबारीमा सर्पले डस्दा आठ वर्षीया बालिकाको मृत्यु

मोरङको बेलबारीमा सर्पले डस्दा आठ वर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-५ सोमबारेमा सर्पले डस्दा बालिकाको मृत्यु भएको छ । आज दिउँसो सर्पले डस्दा ८ वर्षीया सन्ध्या रायमाझीको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर सर्पले डसेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो । तर...
एयर इन्डिया विमानमा सवार सबै २४२ यात्रुको मृत्यु

एयर इन्डिया विमानमा सवार सबै २४२ यात्रुको मृत्यु

विराटनगर । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सवार सबै २४२ यात्रुको मृत्यु भएको छ । जसमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि छन् । आज दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । समाचार संस्था एपीका अनुसार दुर्घटनामा कोही पनि जीवित भेटिने सम्भावना छैन । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्...
तमोर नदीमा बेपत्ता किशोरको शव फेला

तमोर नदीमा बेपत्ता किशोरको शव फेला

विराटनगर । तमोर नदीमा बेपत्ता किशोरको शव फेला परेको छ । पौडी खेल्न गएका बेला बेपत्ता भएका १६ वर्षीय शिशिर राईको शव नदी किनारमा भेटिएको हो । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-७ भालुखोप घर भएर उनी फिदिम बजारमा बस्दै आएका थिए । उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको खोजी भइरहेकोमा बुधबार साँझ शव भेटिएको पाँचथर प्रहरीले जनाएको ...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ...
धनकुटाबाट बिर्तामोड जाँदै गरेको इभी गाडीमा गाँजा, चालक पक्राउ

धनकुटाबाट बिर्तामोड जाँदै गरेको इभी गाडीमा गाँजा, चालक पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित इभी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ बेलहराका २० वर्षीय बालकृष्ण मगर छन् । आज बिहान करिब ७ बजे चेकजाँचका क्रममा धनकुटाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४५२७ नम्बरको इभी गाडीमा गाँजा फेला परेको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार इभी गाडीको सिट...
धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ

धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ

धनकुटा । धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक-फरक तीन वटा गाँजा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका-६ आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । फरार अभियुक्त निय...
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

विराटनगर । देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । यी स्थानका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बद...
धनकुटामा चट्याङ लागेर वृद्ध घाइते, गोरु र पाडो ठहरै

धनकुटामा चट्याङ लागेर वृद्ध घाइते, गोरु र पाडो ठहरै

धनकुटा । धनकुटामा आज चट्याङ लागेर एक जना वृद्ध घाइते भएका छन् । गोरु र पाडो मरेका छन् । राती करिब ८ः३० बजे चट्याङ पर्दा पाख्रीवास नगरपालिका-७ देउरालीका ७० वर्षीय सूर्यबहादुर बस्नेत घाइते भएका हुन् । घरमै बसिरहेका बेला परेको चट्याङले लागेर बस्नेतको शरीरको दाहिने भागमा चोट लागेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । स्थानीय स्वास्थ्य संस्थामा उनको उपचार भइरहेको छ । चट्या...
विराटनगरमा वर्षा, उखरमाउलो गर्मीमा राहत

विराटनगरमा वर्षा, उखरमाउलो गर्मीमा राहत

विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा आज साँझ वर्षा भएको छ । उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला वर्षा भएपछि केही राहत महसुस भएको छ । केही दिनयता विराटनगरसहित तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो । अत्याधिक गर्मी बढेपछि विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरूमा पठनपाठनसमेत बन्द गरिएको छ । गर्मीले जनजीवन प्रभावित बनाइरहेका...
मोरङका सांसद पोखरेललाई पितृशोक

मोरङका सांसद पोखरेललाई पितृशोक

विराटनगर । मोरङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलका पिता रामचन्द्रको ८८ वर्षको उमेरमा आज साँझ करिब ६ः१५ बजे निधन भएको हो । अचानक बिरामी परेका उनको विराटनगर-८ मधुमारास्थित निवासमै निधन भएको परिवार स्रोतले जनाएको छ । ऋषिकेश आज बिहान काठमाडौँ गएका थिए । उनी परिवारका जेठो छोरा हुन् । परिवारमा रामचन्...
गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरसहित कोशी प्रदेशको तराई क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएको छ । गर्मीका कारण विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरू बन्द गरिएको हो । कतिपय स्थानमा दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ । केही दिनयता तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछी जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएपछि विर...
उदयपुरबाट हराएको बस गोलबजारमा भेटियो

उदयपुरबाट हराएको बस गोलबजारमा भेटियो

विराटनगर । उदयपुरबाट हराएको बस सिरहाको गोलबजार-६ स्थित गुम्बा चोकमा भेटिएको छ । सोमबार बिहानको राति करिब २ बजेतिर कटारी नगरपालिका-३ स्थित कटारी बसपार्कबाट पार्किङमा राखिएको बस हराएको थियो । प्रहरीका अनुसार पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२-००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको भनेर चालकले जानकारी गराएका थिए । खोजी गर्ने क्रममा गोलबजारमा फेला परेको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल...
‘ट्राफिकलाई तथानाम गाली गर्ने पालिका अध्यक्ष भन्छन् : बोल्न नहुने शब्द बोले’ 

‘ट्राफिकलाई तथानाम गाली गर्ने पालिका अध्यक्ष भन्छन् : बोल्न नहुने शब्द बोले’ 

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले पदीय जिम्मेवारीमा रहेर आफूले बोल्न नहुने शब्द बोलेको स्वीकार गरेका छन् । चौतर्फी आलोचना भएपछि  उनले एक विज्ञप्ति जारी गर्दै आत्माआलोचना गरेका हुन् । उनले भनेका छन्, ‘सो घटनाका क्रममा पदीय जिम्मेवारीमा रहेको म बाट बोल्न नहुने शब्द बोलिएको प्रति म स्वयं आत्मआलोचना गर्दछु ।’ घटना शुक्रबार दिउँसोको हो । कोशी गाउँपालिका-४ कोशी कटानमा ट्राफ...
कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । झापाको भद्रपुर नगर...
धरानमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

धरानमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सेउती पुलनजिकै अटोले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । महादेव चोकबाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३७५ नम्बरको अटोले ठक्कर दिँदा ६० वर्षीय उषा तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार साँझ पैदल हिँडिरहेकी उनलाई अटोले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा ...
मैले गुटगत राजनीति गरेको छैन : पूर्वराष्ट्रपति भण्डारी

मैले गुटगत राजनीति गरेको छैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गुटगत राजनीति नगरेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले आफूले कहिले गुट नबनाएको बताएकी हुन् । एमालेको भाबी अध्यक्षका रूपमा तपाईंले गुटगत राजनीति सुरू गर्नुभएको भन्ने टिप्पणी भइरहेको छ नि भन्ने प्रश्नमा उनले आफूले त्यस्तो नगरेको तर अरु आकांक्षीको मनमा प्रश्न उठेको हुनसक्ने बताइन् । उन...
राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई एक लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई एक लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई एक लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडी र टिम स्पर्धामा प्रथम हुने टिमलाई एक लाख नगदसहित प्रशिक्षक तथा व्यवस्थापकलाई उचित सम्मान गर्ने घोषणा गरेक...
धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-७ मा लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे आफ्नै घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर ६१ वर्षीया व्रतकुमारी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार एकतले घरको छतमा जानेक्रममा भर्‍याङबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा राति ९ः१६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालम...
आज विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री पुग्ने सम्भावना

आज विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री पुग्ने सम्भावना

विराटनगर । सोमबारको तुलनामा आज थप गर्मी बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज केही डिग्री तापक्रम बढ्ने अनुमान गरेको हो । विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३६-३८ डिग्री सेल्सियस पुग्ने छ । धरानको ३५-३७, नेपालगञ्जको ३९-४१, भैरहवाका ३९-४१, धनगढीको ३९-४१, दाङको ३९-४१, दिपायलको ३७-३९, घोराहीको ३५-३७, वीरगञ्जको ३६-३८, सिमराको ३६-३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ । मौसमवि...
अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको १२ औं जिल्ला अधिवेशन आज हुने भएको छ । धनकुटा नगरपालिका-७ स्थित श्रीवनीमा रहेको नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा अधिवेशन हुने छ । कार्यक्रमको उद्‌घाटन अनेम संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले गर्ने अनेम संघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङले जानकारी दिइन् । अनेम संघ २००८ साल फाल्गुन २४ गते अन्तराष्ट्रिय श्रमिक दिवस (मे ८) का दिन स्थापना भए थियो । सामन...
error: Content is protected !!