चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प
इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । आइतबार धरानमा भएको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सह-सचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवा...































