संगालोखबर
सांकेतिक तस्वीर

काठमाडौं । साइबर ब्युरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरीको धरान-९ का २१ वर्षीय  सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका-६ का २४ वर्षीय सृजन थापा छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी फोन गरेर डर, त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यमबाट ठगी भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

साइबर ब्युरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरानको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!