
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार छ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















