संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ कर्मचारीमाथि बिरामीका आफन्तबाट भएको अभद्र व्यवहार र धम्कीपूर्ण घटनाप्रति गम्भीर खेद प्रकट गरेको छ ।

अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै गत वैशाख १८ गते साँझ डिउटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरिएको र उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएको हो ।

Advertisement

उपचारका क्रममा कुनै गुनासो वा जिज्ञासा भएमा संस्थाको सम्बन्धित निकायमा राख्ने वा कानुनी उपचार खोज्ने अधिकार सबैमा सुरक्षित भए तापनि अहोरात्र सेवामा खटिएका कर्मचारीमाथि जाइलाग्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र प्रचलित कानुन बमोजिम यस्ता गैरकानुनी गतिविधि गर्नेहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन अस्पतालले माग गरेको छ ।

साथै, स्वास्थ्यकर्मीहरूले निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गरिदिन नोबेल अस्पताल प्रशासनले सम्बन्धित सबै पक्ष र निकायहरूसँग अपिल गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!