
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















