संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा एक सय ५० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!