
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ स्थित हुलाकी सडकखण्डको रतुवा पुलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक झापाको गौरीगञ्ज गाउँपालिका-५ का अन्दाजी ४२ वर्षीय दिलिप महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे को १ त १५०९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित दुर्घटना भएको हो ।
शव रंगेली अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकका आफन्तहरू आउने क्रममा रहेका र घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ ।

संगालोखबर 




















