
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा दोस्रो संस्करणको नेपाल हव पुरुष टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज दुई वटा खेल भएका छन् ।
उद्घाटन खेलमा विराटनगर हव र सिरहा हव विजयी भएका छन् । पहिलो खेलमा विराटनगर हवले राजविराज हवलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेकोे राजविराजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गुमाउँदै ५६ रन बनाएको थियो ।
राजविराजका रोहन विकले २० रन बनाउँदा निवेश मण्डलले १२ रन बनाए । विराटनगरका प्लेयर अफ म्याच अभय कामतले ४ विकेट लिँदा अरुण मण्डल र विकास कामतले समान २-२ विकेट लिए ।
५७ रनको लक्ष्य पाएको विराटनगरले ६ दशमल ४ बलमा २ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । विराटनगरका मनिष कामतले अविजित ३७ रन बनाउँदा आकाश यादवले १२ रनको योगदान दिए । राजविराजका मिथलेश कविर र नितिश शर्माले समान १-१ विकेट लिए ।
दोस्रो खेलमा सिरहा हवले उदयपुर हवलाई ३६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो । सिरहाका प्लेयर अफ म्याच आलोक यादवले अविजित २३ रन बनाउँदा दुर्गेश मण्डलले १६ रन बनाए । उदयपुरका देवेन दासले सर्वाधिक २ विकेट लिए ।
९२ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमलव १ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सीमित भयो । उदयपुरका सौरभ पौडेलले अविजित २६ रनको योगदान दिए । सिरहाका आयस विकले २ विकेट लिँदा अभिषेक रायले पनि २ विकेट लिए ।
बैशाख २६ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशका सिरहा र राजविराज गरी ५ टिम सहभागि छन् ।

संगालोखबर 




















