
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
पत्रकारिता दिवसको अवसरमा विराटनगरमा आज आयोजित पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले प्रदेशको सञ्चार क्षेत्र विकासमा सरकारले सहयोग गर्ने बताएका हुन् । अब बन्ने सञ्चार प्रतिष्ठानले पत्रकारिता र सञ्चार क्षेत्रलाई अघि बढाउन थप सघाउ पुग्ने मन्त्री पराजुलीले बताए ।

प्रदेशमा रहेर पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने पत्रकारहरूलाई यसअघिका वर्षहरुमा जस्तै यो वर्ष पनि पुरस्कृत गरिएको उनले जानकारी दिए । पुरस्कृत पत्रकारहरूलाई प्रक्रियासम्मत हिसाबमा छनौट गरेर पुरस्कृत गरिएको उनले उल्लेख गरे ।
भूगोल, क्षेत्र, समुदाय सबैलाई समेटेर अग्रज पत्रकारहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको मन्त्री पराजुलीले बताए । उनले केही कमीकमजोरी भएको खण्डमा आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
यो पनि..

संगालोखबर 

















