मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला
विराटनगर । मोरङको लेटाङकी एक महिला काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत अवस्थामा भेटिएकी छन् । लेटाङ नगरपालिका–२ घर भइ बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भण्डारी होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।...






























