संगालोखबर

विराटनगर । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो ।

Advertisement

आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ । यो खेल आज दिउँसो ३:१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो ।

प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेल खेलको नेपालले यूएईविरुद्ध ६ विकेटको जित निकालेको थियो । समूह चरणकै भेटमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!