मोरङको जहदाकी महिलाको हत्यापछि फरार व्यक्ति पक्राउ

मोरङको जहदाकी महिलाको हत्यापछि फरार व्यक्ति पक्राउ

विराटनगर । महिलाको हत्या गरी फरार रहेका एकजना आरोपीलाई प्रहरीले मोरङको जहदा गाउँपालिका–१ बाट पक्राउ गरेको छ । घटनाको ५ वर्षपछि आरोपी स्थानीय ४५ वर्षीय शम्भु साहलाई आइतबार राति पक्राउ गरिएको हो । जग्गासम्बन्धी सीमा विवादमा जहदा–१ की ६० वर्षीया नानकीदेवी ठाकुरको २०७६ जेठ १० गते दाउराले प्रहार गरी हत्या गरेको आरोप साहमाथि छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीविरुद...
बगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

बगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

विराटनगर । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश सँग २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा सीमित भयो । टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएको थिएन । नेपाली बलरसामु कमजोर रहँदै १ सय ६ रनमा सीमित बनेको बंगलादेशले कमजोर स्कोर पनि रक्षा गर्यो । बंगलादेशका लागि सकिब अल हसनले ...
टी–२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी बने सन्दीप

टी–२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी बने सन्दीप

विराटनगर । नेपाली लेगस्पिनर सन्दीप लामिछाने टी–२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका...
ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित हिरिया खोलाले आइतबार अपराह्न बोलेरो गाडी बगाएको छ । मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको हो । सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको गाडी खोला पार गर्ने क्रममा आएको लेदोसहितको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीका चालक राजकुमार पौडेल सकुशल छन् । यसैबीच, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मो...
ग्यालेक्सी स्कुल प्याब्सन कपको फाइनलमा

ग्यालेक्सी स्कुल प्याब्सन कपको फाइनलमा

विराटनगर । ग्यालेक्सी स्कुलतेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोडर्न एरा स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो । जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे । मोडर्न एराको तर्फबाट अमन माझी र सुमन उराउले...
विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवाला सहितको बैठक बसी पूर्वतयारी सुरु गरिएको हो । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित ...
बाढी र पहिरोले ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

बाढी र पहिरोले ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

ताप्लेजुङ । बाढी र पहिरोका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । शुक्रबारदेखि निरन्तर परिरहेको पानीका कारण केही स्थानमा खसेको पहिरो र स्थानीय खोलामा आएको बाढीका कारण घर जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन् । कतिपयको घरमा पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार उक्त गाउँका २४ वटा घर जोखिममा परेका छन् । जोखिममा परेपछि गाउँले सुरक्षित ...
पौडी खेल्दा भेरीमा डुबेर दुई किशोरको मृत्यु

पौडी खेल्दा भेरीमा डुबेर दुई किशोरको मृत्यु

सुर्खेत । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुईजना किशोरको मृत्यु भएको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु आइतवार मृत फेला परेका हुन् । प्रहरीका अनुसार कालिकोट घर भई वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । खोजीका क्रममा उनीहरु डुबेको स्थानबाट केही तल फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूच...
विराटनगरमा नाटक: ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’

विराटनगरमा नाटक: ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको दोस्रो दिन आइतबार ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन भएको छ । इन्द्रबहादुर राई लिखित कथालाई नाट्य रुपान्तरण र निर्देशन जीवन बरालले गर्दै कदम थिएटर दमकले उक्त नाटक प्रस्तुत गरेको हो । नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि नेपालीहरु ज्यान जोगाउन आसामको लिखापानीतिर भाग्दाको यात्राको कथा देखाएको थियो । नाटकमा नविन रिजाल, रश्मी ...
कोशी प्रदेशमा ४२ आयोजनाबाट ५१४ मेगावाट बिजुली उत्पादन

कोशी प्रदेशमा ४२ आयोजनाबाट ५१४ मेगावाट बिजुली उत्पादन

विराटनगर । कोशी प्रदेशमा हाल ५१४.२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कोशीका विभिन्न जिल्लामा रहेका ४२ वटा जलविद्युत् आयोजनाबाट त्यति परिमाण बिजुली उत्पादन भइरहेको हो । प्रदेश योजना आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ११ वटा आयोजनाबाट १२१ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । चार वर्षमा ३९३.२ मेगावाट विद्युत् थपिएको हो । कोशी प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ सम्म २५०० मेगावाट उत्पादन ...
विराटनगरका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने

विराटनगरका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने

विराटनगर । विराटनगर महानगरपालिका र ग्रामथान गाउँपालिकाका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने भएको छ । ११ केभीको टंकी फिडर, कंचनबारी, कटहरी, भृकुटी, जामुनगाछी, नहर र झोराहाट फिडर अन्तरगतका एरियामा विद्युत अवरुद्ध हुने भएको हो । विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तरगत रहेको टंकी सब स्टेसनमा ११ केभी नयाँ प्यानल जडान तथा डबल सर्किट निर्माणको काम गर्नुपर्ने भएकाले उक्त फिडरहरू भएक...
किरात आठपहरिया समाजको अध्यक्षमा अष्टबहादुर

किरात आठपहरिया समाजको अध्यक्षमा अष्टबहादुर

धनकुटा । किरात आठपहरिया समाज केन्द्रीय समितिको अधिवेशनबाट अध्यक्षमा अष्टबहादुर आठपहरिया चयन भएका छन् । धनकुटा–५ स्थित किरात आठपहरिया समाजको केन्द्रीय कार्यालयमा शनिबार भएको अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सूर्य आठपहरिया र जहानश्वरी आठपरिया चयन भएको समाजका आजीवन सदस्य अर्जुन छाराहाङ्ले जानकारी दिए । यस्तै, महासचिवमा कोमल आठपहरिया, सचिवमा दिपेन्द्र आ...
घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विरा...
विराटनगरमा प्याब्सन कप फुटबलः मोडर्न एरा र ग्यालेक्सी सेमिफाइनलमा

विराटनगरमा प्याब्सन कप फुटबलः मोडर्न एरा र ग्यालेक्सी सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा विराटनगरको ग्यालेक्सी र मोडर्न एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । जितका लागि ग्यालेक्सीका निरज चौधरीले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । शनिबारै भएको दोस्रो खेलमा मोडर्न ...
धनकुटा एमालेका नवनिर्वाचित पदाधिकारीलाई चौबिसेमा स्वागतसहित सम्मान

धनकुटा एमालेका नवनिर्वाचित पदाधिकारीलाई चौबिसेमा स्वागतसहित सम्मान

धनकुटा । नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा चौबिसे भूगोलबाट जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई धनकुटाको चौबिसेमा स्वागत तथा सम्मान गरिएको छ । शनिबार नेकपा एमाले चौबिसे गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई स्वागत तथा सम्मानका साथै बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य शकुन्तला बस्नेतले अधिवेशनमा मतदान प्रक्रियाबाट नेतृत्...
कोशी प्रदेशमा सामाजिक क्षेत्र विकासका लागि १ अर्ब ९८ करोड

कोशी प्रदेशमा सामाजिक क्षेत्र विकासका लागि १ अर्ब ९८ करोड

विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक क्षेत्र विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सभामा शनिबार बजेट प्रस्तुत गर्ने क्रममा यो जानकारी दिइएको हो । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको बताए ।
‘कोशी पर्यटन वर्ष’ मनाउन १० करोड बजेट विनियोजन

‘कोशी पर्यटन वर्ष’ मनाउन १० करोड बजेट विनियोजन

विराटनगर । ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ मनाउनका लागि १० करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाउने बताए । कोशी प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै बजेट विनियोजन गरेको उनले जानकारी दिए...
बाढीपहिरोले ताप्लेजुङमा दर्जनौं परिवार प्रभावित

बाढीपहिरोले ताप्लेजुङमा दर्जनौं परिवार प्रभावित

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे र वडा ८ को याम्फुदिनका दर्जनौं परिवार बाढीपहिरोका कारण प्रभावित बनेका छन् । वडा ८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङका अनुसार पहिरोका कारण थुप्रै घर जोखिममा परेका छन् । कतिपय बस्तीमा मास्तिरबाट झरेको पहिरोले क्षति पुर्याएको छ भने केही स्थानमा घरभन्दा तलतिर पहिरो जाँदा जोखिम बढेको उनले बताए । मामांखेका केही घरहरु पहिरोले पुरेको छ । स्थानीय गौर...
विराटनगरमा आयोजित कार्यक्रममा ३७ जनाले गरे रक्तदान

विराटनगरमा आयोजित कार्यक्रममा ३७ जनाले गरे रक्तदान

विराटनगर । एनएमबी बैंक विराटनगरले आयोजना गरेको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीले रक्तदान गरेको कार्यक्रम संयोजक सन्तोषप्रसाद दाहालले जानकारी दिए । रक्तदाता कर्मचारी तथा सेवाग्राहीलाई प्रशंसापत्र प...
कोशी प्रदेशमा चालु आर्थिक वर्षसम्म ५१२ किलोमिटर पक्की सडक निर्माण

कोशी प्रदेशमा चालु आर्थिक वर्षसम्म ५१२ किलोमिटर पक्की सडक निर्माण

विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न जिल्लामा ५१२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कोशी प्रदेश योजना आयोगका अनुसार प्रदेश सरकार बनेयता आर्थिक वर्ष २०७९–८० सम्म त्यति दूरीको सडक कालोपत्रे गरेको हो । उक्त अवधिमा करिब १ हजार ८१८ किलोमिटर ग्राभेल सडक र ५ हजार ९४५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । योजना तर्जुमाको आधार वर्षमा प्रदेशको रणनीतिक सडक २ हजार ३८९ किलोमिटर र ग्रामीण सडक ६ हजार १२१ क...
सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

सिन्धुली । सुनकोशी नदीमा हामफालेका एकजना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजार र रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएका हुन् । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्ध निवासी ५६ वर्षीय विष्णुप्रसाद संग्रौला शुक्रबार राति १० बजे पुलबाट हाम फालेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोली र स्थानीय...
विराटनगरमा प्याब्सन कप फुटबलः सेन्टजोसेफ र गोदावरी विजयी

विराटनगरमा प्याब्सन कप फुटबलः सेन्टजोसेफ र गोदावरी विजयी

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो । गोदावरीका एजन राईले तीन गोल गरे । सान्त्वना गोलका रुपमा गौतमबुद्ध स्कुलका प्रसिद्ध कुँवरले एक गोल गरेका थिए । गोदावरीका एजन राई प्...
आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षको बजेट ३५ अर्ब हाराहारीको हुने जनाइएको छ । बजेटले मुख्य रुपमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । बजेट सार्वजनिक गर्नका लागि शनिबार दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा केही सानो आकारको बजेट ल्याउन लागिएको ह...
दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ । दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३, दिपेन्द्रसिँह ऐरी ६, कुशल मल्ल १ र कप्तान रोहित पौडेल २...
मनसुनी वायु पश्चिम सर्दै, कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा

मनसुनी वायु पश्चिम सर्दै, कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा

विराटनगर । पाँच दिनसम्म पूर्वी क्षेत्रमा सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रवार रातिदेखि नै कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिवार दिउँसो पनि कोशीका विभिन्न क्षेत्रमा वर्षा हुने विभागले जनाएको छ । मनसुन पश्चिमतिर पुग्न भने ...
टी–२० विश्वकपः नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुँदै

टी–२० विश्वकपः नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुँदै

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्ट इन्डिजको किङ्सटाउनमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिए । समूह ‘डी’ ...
विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगर । विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ । हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन् । उद्घाटनको दिन अपराह्न ४ः३० बजे आयोजक आरोहण विराटनगरको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने जनाइएको छ । त्यस्तै, असार २ गते कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्नेछ । असार ३ गते दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल...
झापाको शिवसताक्षीमा दुई छोरासहित महिला घरमै मृत फेला

झापाको शिवसताक्षीमा दुई छोरासहित महिला घरमै मृत फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका–३ की एक महिला आफ्ना दुई छोरासहित घरमै मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार बिहान उनीहरु तीनैजना घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । आमा अञ्जली बेस्रा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने सात वर्षीय छोरा विशाल र दुई वर्षका अर्का छोरा आयुष ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ । घरमूली भने रोजगारीका लागि बाहिर रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय ...
नेपालका ७३ जिल्ला पुगे भारतका ‘विश्व पैदलयात्री’

नेपालका ७३ जिल्ला पुगे भारतका ‘विश्व पैदलयात्री’

झापा । पर्यावरण संरक्षणको सन्देश फैलाउन विश्व पैदल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् । भारतको महाराष्ट्रस्थित नागपुराका २२ वर्षीय रोहन पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र बंगलादेशको पैदलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहन नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् । अर्थ डे अर्गनाइज...
पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु

पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको छ । बिहिवार राति झरेको पहिरोसँगै घर बग्दा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा, उनकी श्रीमती ५० वर्षीया जसमाया लिम्बु, तथा छोरीहरु गंगा र जमुनाको मृत्यु भएक...
मोरङको जहदामा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको जहदामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा करेन्ट लागेर बिहिवार दिउँसो एकजना महिलाको मृत्यु भएको छ । उनकी बुहारी घाइते भएकी छन् । प्रहरीका अनुसार करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको हो । करेन्ट लागेर उनकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको मोटर चलाएर कपडा धुन पानी प्रयोग गर्ने क्रममा उ...
error: Content is protected !!