तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले...
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज, दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्माचारि...
राजनीतिक दल र नेताहरू आत्मसमीक्षा गर्दै नसुध्रिए पुनः ठूलो जनविद्रोह हुन्छ : नेता शर्मा

राजनीतिक दल र नेताहरू आत्मसमीक्षा गर्दै नसुध्रिए पुनः ठूलो जनविद्रोह हुन्छ : नेता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता डा. सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । महासमिति सदस्य समेत रहेका नेता शर्माले सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै राजनीतिक दल र नेताहरूले आफ्ना कमीकमजोरी सुधार गर्नुपर्ने उल्लेख गरेका हुन् । उनले समयमै राजनीतिक दल तथा नेताहरूले आफ्ना गल्ती र राजनीतिक अपराधको आत्मसमीक्षा नगरे पुनः अर्को ठूलो जनविद्रोह हुने धारण...
अन्तरिम सरकारका थप चार मन्त्रीले लिए सपथ

अन्तरिम सरकारका थप चार मन्त्रीले लिए सपथ

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त थप चार मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रव...
धरानमा धारिलो हतियार प्रहार, २० वर्षीय युवक गम्भीर घाइते

धरानमा धारिलो हतियार प्रहार, २० वर्षीय युवक गम्भीर घाइते

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा धारिलो हतियार प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन् । आइतबार राति करिब ८ बजे मोटरसाइकलमा आएको एक समूहले २० वर्षीय निशान राईलाई धारिलो हतियार प्रहार गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घरमा सुतिरहेका बेला उनीमाथि खुकुरी प्रहार भएको खुलेको छ । उनीमाथि २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र हडबडे भनिने अर्का एक...
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम बस्तीमा विद्युत विस्तार, स्थानीय हर्षित

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम बस्तीमा विद्युत विस्तार, स्थानीय हर्षित

भोजपुर । भोजपुरको टेम्केमैयुङस्थित दुर्गम क्षेत्रमा विद्युत विस्तार गरिएको छ । भौगोलिकरूपमा दुर्गम गाउँबस्तीमा केन्द्रीय विद्युत विस्तार भएसँगै स्थानीयलाई सहज भएको छ । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नम्बर ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत विस्तार भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत सेवा विस्तार गरिएपछि स्थानीयलाई सहज भएको छ । विद्युत विस्तारले गाउँघरक...
झापामा चार वर्षीया नाबालिकाको खोलामा डुबेर मृत्यु

झापामा चार वर्षीया नाबालिकाको खोलामा डुबेर मृत्यु

विराटनगर । झापामा खोलामा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ झाँसीमा आज बिहान खोलामा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी हुन् । मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया आइतबार दिउँसोबाट हराएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजी गर्ने क्रममा आज बिहान करिब ७ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घरनजिकै रहेको माई खोलामा डुबेर मृत्यु भएको...
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर दु...
थप पाँच मन्त्रीको शपथ आज

थप पाँच मन्त्रीको शपथ आज

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेका पाँच मन्त्रीको आज सपथ हुनेछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको पाँच मन्त्रीको सपथ हुने भएको हो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्...
सुरु भयो दशैँ, आज घटस्थापना

सुरु भयो दशैँ, आज घटस्थापना

विराटनगर । आजबाट हिन्दुहरूको महान् चाड बडादशैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म ...
विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त

विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएको छ । प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक समेत रहेका इन्जिनियर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त ग...
विराटनगर महानगरको क्षतिग्रस्त भवन विज्ञ प्राविधिक टोलीद्वारा अवलोकन

विराटनगर महानगरको क्षतिग्रस्त भवन विज्ञ प्राविधिक टोलीद्वारा अवलोकन

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकाको कार्यालय भवनको सरसफाइ सकिएको छ । अत्यावश्यकसहितका आंशिक सेवा सुचारु गरिसकेको महानगरलाई पहिलाकै अवस्थामा फर्काउन तीव्रगतिमा काम थालिएको छ । महानगरले जलेका सबै कोठाको सरसफाइ सकेर विज्ञ प्राविधिक टोलीलाई झिकाएर भवनको अवलोकन गराएको छ । जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अव...
चटपटे पसललाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेपछि…

चटपटे पसललाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेपछि…

सुनसरी । सुनसरीस्थित कोसी ब्यारेजबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । शनिबार दिउँसो सप्तकोसी पुलको ६ नम्बर ढोकाबाट हाम फालेका झापाको कमल गाउँपालिका-५ लखनपुर टोलका ६२ वर्षीय लैनबहादुर थापा बेपत्ता भएका हुन् । उनले चटपटे खाएर सोही पसलवालालाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापाले नदीमा हाम फालेको थाहा पाएपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानक...
आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार ६ सय ६० रुपैयाँमा क...
विराटनगरमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

विराटनगरमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ दुधफारम अगाडि भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही घर भई हाल सुन्दरहरैंचा-४ बस्ने प्रदीपबहादुर भण्डारीको मृत्यु भएको हो । शनिबार साँझ बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीका अनुसार सफारीलाई ठक्कर दिएको स्कुटर अनियन्...
धरान उपमहानगरपालिकाको बजेट २ अर्ब २० करोड ७४ लाख

धरान उपमहानगरपालिकाको बजेट २ अर्ब २० करोड ७४ लाख

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघालेले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् । महानगरले २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड...
झापामा मृत भेटियो जंगली हात्ती 

झापामा मृत भेटियो जंगली हात्ती 

विराटनगर । झापामा जंगली हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान एउटा वयस्क जंगली हात्ती मृत फेला परेको हो । स्थानीयले धान खेतमा मृतावस्थामा हात्ती देखेपछि वन कार्यालयलाई खबर गरेको थिए । डिभिजन वन कार्यालय झापाका अनुसार पोथी हात्ती मृत फेला परेको हो । पोष्टमार्टमपछि हात्तीको मृत्युको कारण खुल्ने कार्यालयले जनाएको छ । शुक्रबार बेलुका सो क्षेत्रमा भारततर्फबाट करिब १२ वटा जं...
संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै एक ढिक्का हुनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका हुन् । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो...
एनआईसी एशिया बैंकको कामु सीईओमा विराटनगरका राठी नियुक्त

एनआईसी एशिया बैंकको कामु सीईओमा विराटनगरका राठी नियुक्त

विराटनगर । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विराटनगरका सन्तोषकुमार राठी नियुक्त भएका छन् । असोज २ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएसँगै राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको छ । यसअघि राठी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर । उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डीगढी-५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी छन् । उनीहरूलाई आज बिहान तीन बजे त्रियुगा-१३ फुलजोरबाट ट्याक्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहानको राति करिब १ बजे त्रियुगा नगरपालिका-१३ बहेडवाका देवनारायण चौधरीको...
विराटनगरमा कारभित्र भेटियो ५३८ किलो गाँजा

विराटनगरमा कारभित्र भेटियो ५३८ किलो गाँजा

विराटनगर । विराटनगरमा कारभित्र १५ बोरा गाँजा फेला परेको छ । गएराति विराटनगर-८ स्थित सडकमा शङ्कास्पद अवस्थामा राखिएको कार चेकजाँच गर्दा गाँजा बरामद भएको हो । मोरङ प्रहरीका निमित्त प्रवक्ता डीएसपी हस्तबहादुर सुनारका अनुसार प्रदेश १-०२-००१ च १६६६ नम्बरको कारमा चेकजाँच गर्दा १५ बोरामा ५ सय ३८ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले गाँजा बराम...
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विराटनगर । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस २०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने म...
आन्दोलनपछि कोशी मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

आन्दोलनपछि कोशी मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

विराटनगर । जेनजी आन्दोलनपछि कोशी प्रदेश सरकारको पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ । आज बसेको बैठकले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । आन्दोलनका कारण भएक...
अपडेट : सुनसरी दुर्घटनामा मृत्यु हुनेको सनाखत

अपडेट : सुनसरी दुर्घटनामा मृत्यु हुनेको सनाखत

विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ पुलचोकमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेमा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सुनील यादव र सिराहाकै सखुवानान्कारकट्टी-३ की ४५ वर्षीया धनेश्वरीदेवी यादव छन् । आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रो...
पार्टी नेतृत्वमा भएको कमीकमजोरी सच्याउन आवश्यक छ : मुख्यमन्त्री कार्की

पार्टी नेतृत्वमा भएको कमीकमजोरी सच्याउन आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भदौ २४ गतेको आन्दोलन जेनजीको नभएर स्वार्थ समूहको भएको बताएका छन् । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै जेनजीको भ्रष्ट...
सुनसरीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु, २२ जना घाइते 

सुनसरीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु, २२ जना घाइते 

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ खुनिया पुल नजिकै रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा २२ जना घाइते भएका सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु ...
धनकुटाका छत्रमानको राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टी

धनकुटाका छत्रमानको राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टी

धनकुटा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका धनकुटाका छत्रमान कुथुमी राईको अन्त्येष्टी गरिएको छ । पाख्रीबास नगरपालिका-१० चुङमाङका ६४ वर्षीय राईको बुधबार राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टी गरिएको हो । भदौ २३ गते मृत्यु भएका राईको शव नेपाली सेनाको हेलिकप्टर मार्फत गृहजिल्ला ल्याइएसँगै किरात संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । सो क्रममा जेनजी धनकुटा समूहले अन्तिम श्रद्धाञ्जली दि...
खोटाङमा युवतीको हत्या आरोपमा एक जना पक्राउ

खोटाङमा युवतीको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । खोटाङमा एक युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दिप्प्रुङ चुइचुम्मा गाउँपालिका-४ की २७ वर्षीया रेस्मिका सिवा परियारको हत्या आरोपमा छिमेकी दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । ‘कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि शंकास्पद एक जनालाई पक्राउ गरेका छौँ’, खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले संगालोखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ । पोष्टमार्टम रिपोर्ट...
नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ । उनको ठाउँमा कबित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको स्थानमा केशव कुमार थेवे आएका छन् । प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका हुन् । सप्तरीमा गौतम कुमार केसी, कास्कीमा नवीन कार्की र ...
आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

विराटनगर । आज विराटनगरसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज देशका धेरै ठाउँमा दिनभरी झरी पर्ने सम्भावना छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो प...
कोशी सरकारका १८ भवन, ६४ चारपाङ्ग्रे र १४४ मोटरसाइकल पूर्णरूपमा क्षति

कोशी सरकारका १८ भवन, ६४ चारपाङ्ग्रे र १४४ मोटरसाइकल पूर्णरूपमा क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारका १८ भवन पूर्णरूपमा क्षति भएका छन् । प्रदेश सरकार मातहतमा रहेका ४२ वटा भवनमध्ये २४ वटामा तोडफोड भइ आंशिक क्षति पुगेको छ । यस्तै प्रदेश सरकार मातहत रहेका २३७ वटा सवारी साधनमा क्षति पुगेको छ । जसमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीसाधन मध्ये ६४ वटा पूर्णरूपमा क्षति भएका र ११ वटामा आंशिक क्षति पुगेको प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको भनाइ छ । यसै...
error: Content is protected !!