संगालोखबर
साङ्केतिक तस्विर  

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ हर्चनगढीमा विषालु सर्पले टोकेर एक जना बालिकाको मृत्यु भएको छ । आज बिहान जाग्रुदिन मियाँकी छोरी १० वर्षीया रेहाना खातुनको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

घरमा सुतिरहेका बेला बिहानको राति करिब २ः३० बजेतिर रेहानालाई सर्पले टोकेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दाहिने हातमा सर्पले डसेर अवस्था गम्भीर बनेपछि उपचारका लागि अभिभावकले रंगेली अस्पताल पुर्याएका थिए ।

उपचारकै क्रममा उनको बिहान ३ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रेहानालाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने यकिन भइसकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!