संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले १२ सय पत्रकारको दुर्घटना बीमा गर्दिएको छ । पत्रकार महासंघ कोशी प्रदेशसँगको समन्वयमा प्रदेशभरका १ हजार २ सय २७ पत्रकारको बीमा गरिएको हो ।

पत्रकार महासंघ कोशी प्रदेश समितिले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरे ।

सो क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार सँधै सकारात्मक रहेको भन्दै पत्रकार बीमा कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिने धारणा राखे । आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले पत्रकार र पत्रकार सम्वद्ध संघसंगठनले चाहेसम्म बीमा कार्यक्रम निरन्तर रहने उल्लेख गरे ।

पत्रकार महासंघ कोशी प्रदेशको पहलमा गत आर्थिक वर्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार बीमाका लागि बजेट विनियोजन गरेको थियो । इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्री भएका बेला मन्त्रालयसँग सम्झौता भएको १८ लाख ५० हजार बजेटबाट राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा पत्रकारहरूको सामूहिक बीमा गरिएको हो ।

प्रत्यक पत्रकारको १० लाख ६० हजार बराबरको दुर्घटना बीमा गरिएको पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

गत असार २६ गतेबाट नै पत्रकार दुर्घटना बीमा सक्रिय भइसकेको भएपनि आज औपचारिक कार्यक्रममार्फत शुभारम्भ गरिएको हो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!