
विराटनगर । विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा खुल्ला रूपमा छाडिएका पशुचौपायाका कारण दुर्घटनाको जोखिम उच्च छ । खुल्ला छाडिएका पशुचौपायकै कारण प्रायः जसो दुर्घटना भइरहेको छन् ।
सोही कुरालाई मध्यनजर गर्दै महानगर प्रहरीले छाडा रूपमा छोडिएर पशुचौपायालाई नियन्त्रणमा लिँदै आएको छ । महानगर प्रहरीले आज मलाया रोडबाट सडक पेटीमा छाडिएका १७ वटा बाख्रा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका बाख्रा वीरेन्द्र सभागृह छेउको खाली स्थानमा राखिएको महानगर प्रहरीले जनाएको छ । बाख्रा धनीलाई प्रमाणसहित आउन आह्वान गरिएको र नआएमा लिलाम गरिने महानगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।
बाख्रा लिन आउने बाख्रा धनीलाई नियमानुसार जरिवाना समेत गरिने उनको भनाइ छ । महानगरले पशुचौपाया खुल्ला रूपमा नछाड्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

संगालोखबर 















