संगालोखबर


विराटनगर । भारतको सिलिगुडीस्थित कोर्टीयार्ड बाइ म्यारियटमा भदौ ६ र ७ गते युवा उद्यमी सम्मेलन हुने भएको छ । वाइआई सिलिगुडीको पहल तथा नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टर, कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्री र याङ इन्डियन्स लगायतका संस्थाहरूको सहकार्य सम्मेलन हुन लागेको हो ।

‘सिमानाभन्दा पारि, व्यवसायभन्दा माथि’ भन्ने मूल भावका साथ आयोजना हुन लागेको दुई दिने सम्मेलनमा नेपाल र भारतका व्यावसायिक अगुवाहरूले एउटै मञ्चमा अनुभव आदान-प्रदान गर्नेछन् ।

सम्मेलनका प्रमुख वक्ताहरूमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, प्रोफिट्स फस्टका संस्थापक सञ्जय कठुरिया, भारतीय आख्यानकार तथा उद्यमी रश्मि बन्सल र अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर युनुस (यू-एन-स) रहनेछन् ।

एनवाईइएफ विराटनगरका अध्यक्ष रोमन कटेलका अनुसार यो सहकार्यले विशेषगरी कोशी प्रदेश र उत्तर बंगाल बिच व्यापार, उद्यमशीलता, नवीन सोच र आपसी सहकार्यलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

सीमापार नेटवर्किङ, ज्ञान आदानप्रदान, बीटुबी अवसर तथा नयाँ बजारको पहुँच विस्तार गर्न यो सम्मेलन फलदायी हुने विश्वास लिइएको अध्यक्ष कटेलले जानकारी दिए ।

सम्मेलनमार्फत याङ इन्डियन्स सिलिगुडीसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आगामी दिनमा पनि नेपाल-भारतका युवा उद्यमीहरूलाई जोड्ने व्यावसायिक तथा सिकाइका कार्यक्रमहरू निरन्तर अगाडि बढाउने लक्ष्य राखिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!