मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल
धनकुटा । धनकुटा नगरपालिका-८ सान्ताङ स्थित लेक्सेरे टोलका ४९ वर्षीय चौतिशलाल आठपहरियाले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेका छन् । लामो समयदेखि मृगौला रोगबाट पीडित आठपहरियाले उपचारका लागि खर्च अभाव भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।
आठपहरिया करिब दश महिनादेखि मृगौला रोगबाट पीडित छन् । उपचारका लागि विभिन्न अस्पताल धाइसकेको उल्लेख गर्दै उनले हालसम्म करिब १६ लाख खर्च भइसकेको बताए ।
आर्थिक अवस्थ...































