भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै
धनकुटा । धनकुटामा जारी १६औँ संस्करण शहीद भीमनारायण गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा फाइनलमा पुग्ने लक्ष्यसाथ झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिम मैदानमा उत्रँदै छन् ।
धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि दुई टिम आमनेसामने हुनेछन् । आजको खेलको विजेताले भोलि विभागीय टिम एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि आ...