सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले आइतबार छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कैफियत पाइएका पसलहरूलाई सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ लगायतका खाद्यवस्तु फेला परेको थियो । उक्त सामानलाई जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिए ।

Advertisement

यस्तै दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरेर आग्रह गरिएको छ । उनका अनुसार एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो । कैफियत भेटिएका पसलमा आगामी दिनमा सुधार नभए कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!