सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा सञ्चालित होटल तथा किराना पसलको अनुगमन गरिएको छ । आज भेडेटारमा सञ्चालित करिब दुई दर्जन बढी होटल तथा पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा किराना पसलमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला परेको छ । उक्त म्याद गुज्रिएको पेय पदार्थ नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानकारी दिए ।

Advertisement

अनुगमनका क्रममा अधिकांश किराना पसलहरूमा मूल्यसूची नराखेको लगायतका कैफियत भेटिएको थियो । अनुगमनका क्रममा मूल्यसूची तत्कालै राख्न निर्देशन दिइएको छ । आगामी दिनमा यस्तो भेटिए कारबाही गरिने कोइरालाले जानकारी दिए ।

होटलका भान्सा कोठा सफा र व्यवस्थित गर्न, भान्सामा प्रयोग हुने मसलाजन्य बस्तु खुल्ला नराख्न, भाडा सफा गर्ने स्थान उपयुक्त साथै व्यवस्थित बनाउन निर्देशन दिइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त आयोजनामा अनुगमन गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!