झापाको कनकाइ-६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
विराटनगर । झापाको कनकाइ नगरपालिका-६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतलाई १३७ मतले पराजित गरेका हुन् । बस्नेतले ३५६ मत पाएका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामगोपाल ओलीले ३१७ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर थापाले २७७ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण प्रसाद ...




























