
विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













