संगालोखबर


विराटनगर । कोशी प्रदेशमा मध्य साउन कटिसक्दा ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय विराटनगरले साउन १८ गते आइतबार अद्यावधिक गरेको सूचना अनुसार यो गतवर्षको तुलनामा ६ प्रतिशत कम रोपाइँ भएको हो ।

गतवर्ष सोही अवधिमा ९५.०१ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार ओखलढुङ्गामा मात्रै शतप्रतिशत रोपाइँ भएको छ ।

Advertisement

निर्देशनालयका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार ओखलढुङ्गामा तीन हजार आठ सय तीन हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा सबै क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

यस्तै तेह्रथुममा सबैभन्दा कम ६६ प्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका अनुसार तेह्रथुममा बेँसीतिर रोपाइँ भइरहेको छ । ताप्लेजुङमा ७३.२९, संखुवासभामा ७५, सोलुखुम्बुमा ९४.६९ र पाँचथरमा ८२ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी इलाममा ८७, भोजपुरमा ८०, धनकुटामा ७३, उदयपुरमा ८५.८७, खोटाङमा ९६.८७, झापामा ८९.४७, मोरङमा ९२ र सुनसरीमा ९५ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार केही जिल्लाहरूमा अहिले पनि रोपाइँ भइरहेको छ । समयमा पानी नपर्दा यसवर्ष गतवर्षको तुलनामा कम रोपाइँ भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!