
सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मदिरा नियन्त्रणमा लिने क्रममा गएराति प्रहरीले गोली चलाएको हो ।
गोली लागेर राजगढ गाउँपालिका-२ का लालु यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले गोली चलाएको थियो ।
प्रहरीका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो । सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।
तस्करहरूले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछी आत्मरक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको मधेश प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

संगालोखबर 













