संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज कोशीका १२ सहित विभिन्न जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न जिल्ला भइ बग्ने नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले उल्लेख गरेको छ । देशभर मनसुनको प्रभाव रहेपनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

Advertisement

यसले गर्दा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भइ बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली र मकवानपुर भएर बग्ने साना नदीहरूमा पनि बाढीको जोखिम रहेको छ ।

यसैगरी दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको रहेको महाशाखाले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!