
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बर्जु-१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मेहताको विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका-७ का ७० वर्षीय जयनारायण यादव र पछाडि सवार उनकी पत्नी ६५ वर्षीया चन्द्रिकादेवी यादव पनि घाइते भएका छन् । मोटरसाइकल चालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













