
विराटनगर । लागूऔषध कारोवारी पक्राउ गर्न प्रहरीले सप्तरीमा हवाईफायर गरेको छ । हवाईफायर गरेर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।

संगालोखबर 













