संगालोखबर


धनकुटा । अविरल वर्षाका कारण भासिएको धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सवारी-साधन सुचारु भएका छन् । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ स्थित कोशी लोकमार्गको १० मिटर सडक भासिएको थियो ।

‘साना गाडीहरू एकतर्फी सञ्चालन भएका छन्’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले संगालोखबरसँग भने, ‘ठूला गाडीहरू सञ्चालन हुन सकेका छैनन् ।’

भासिएको सडकलाई सुचारु गर्न जेसिबीको सहायताले भित्तातिर थोरै सडक खोलिएको छ । एकतर्फी सडक सुचारु भएसँगै बाटोमा रोकिएका सवारी-साधन गन्तव्यतर्फ जान थालेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!