
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













